धनगढीमा गुन्जियो सुदूरको आवाजः २९ मा सभामुखको चुनाव

आजभोलि

कैलाली । प्रदेश सभाको निर्वाचनपछि बसेको प्रदेश नम्बर ७ को पहिलो बैठकले माघ २९ गते प्रदेशसभा सभामुखको चुनाव गर्ने निर्णय गरेको छ । पहिलो बैठक ज्येष्ठ सदस्य दिश्यश्वरी शाहको अध्यक्षता बसेको पहिलो बैठकले प्रदेश सभाको अन्तरिम कार्य सञ्चालन कार्यविधि समेत पारित गरेको छ । बैठक जिल्ला समन्वय समितिको सभा हलमा प्रदेश सभाको पहिलो बैठक सम्पन्न भएको हो ।

बैठकले सभामुख र उपसभामुख चयन नहुँदासम्म संसद सञ्चालनका लागि ५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा माया भट्ट, देवराज पाठक, विरमान चौधरी, पुर्णा जोशी र कृष्णबहादुर चौधरी रहेका छन् ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका प्रदेश सदस्यहरुले धारणा राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै एमालेका प्रकाश शाह, माओवादी केन्द्रका त्रिलोचन भट्ट र नेपाली कांग्रेसका भरत खड्काले प्रदेश नम्बर ७ सम्भावनाको खानी रहेको भन्दै त्यहाँका सबैखाले सम्भावनाहरुको अध्ययन गरी योजना बनाउनु पर्नेमा जोड दिए ।

अधिकांश बोल्ने विधायकले सुदूरपश्चिकमको विकासको ढोका खुलेको बताएका थिए । उनीहरुले सुदूरपश्चिममा पर्यटन, कृषि तथा उद्यमशीलतामा जोड दिएका थिए ।

  • २१ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !