काठमाडौं । अाज भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ। नेपालको यो दोस्रो खेल हो ।
एफिज पार्क मैदानमा भएको खेलमा नेपाल ६ विकेटले ओमान पराजित भएको हो।
टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउंदै १३८ रन बनाएको थियो । नेपालले ओमानसामु १ सय ३९ रनको लक्ष्य अोमानलाई दिएको थियो । कमजोर ब्याटिङका कारण जीत चुम्न सकेन ।
उता जवाफी व्याटिङमा ओमानले १५ ओभर बाँकी छँदै ४ विकेट गुमाएर जीत हासिल गरेको थियो ।