किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा

आजभोलि

त्रिशूली  बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको

नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो

चिनी रोग उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत छविलाल शर्माले जानकारी दिनुभयो नगरपालिकाले नगर क्षेत्रमा दुई हजार २०० किबीको विरुवा यस वर्ष वितरण गर्ने योजना अघि सारेको वडा नं मा २५० बोट बिरुवा एकै व्यक्तिले रोपेको सामूहिक रुपमा पनि किबी खेती शुरु भएको अधिकृत शर्माले बताउनुभयो

उक्त नगरपालिकाको वडा नं , , ११, नं वडाको माथिल्लो भेगमा किबी खेती विस्तार गरिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो नगरपालिकाले किबी खेतीका लागि यस वर्ष रु तीन लाख बजेटसमेत विनियोजन गरी कार्यक्रम अघि बढाएको

शिवपुरीमा कृषि उपज प्रदर्शनी

स्थानीय कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लाको शिवपुरी गाउँपालिका थानापतिमा सञ्चालन भएको कृषि उपज प्रदर्शनी सम्पन्न भएको

स्थानीय किसानले उत्पादन गरेको तरकारी तथा फलफूलको बजारीकरणका लागि गाउँपालिकामा सो प्रदर्शनी गरिएको हो कृषि क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले आयोजना गरेको सो प्रदर्शनीमा किसानले काउली, गोलभेँडा, बन्दा, सिमी, लसुन, भुइँस्याउ, अदुवा, साग, धनियाँ, केरा, उखु, मुलालगायतका कृषि उपज राखिएको थियो प्रदर्शनीमा स्थानीय अगुवा किसान रामकुमार थापालाई व्यावसायिक उत्कृष्ट किसानका रुपमा प्लास्टिकको टनेलसहित सम्मान गरिएको थियो

तरकारीबालीतर्फ उत्कृष्ट अदुवा आयआर्जन समूहका मिठुदेवी उप्रेती पञ्चकन्या समूहकी मेनुका पाण्डे, फलफूलतर्फ राम्चे समूहकी रोशनी लामा मसलाखेतीतर्फ पञ्चकन्या समूहकै भगवती थपलियालाई पुरस्कृत गरिएको थियो प्रदर्शनीमा १२ वटा आयआर्जन समूहका ४४ किसानद्वारा उत्पादित कृषि उपज राखिएको थियो

प्रदर्शनीमा काउली, गोलभेँडा, रायोको साग, अदुवा, मुला मुख्य आकर्षण रहेको कार्यक्रम संयोजक दिलीप खवासले जानकारी दिनुभयो प्रदर्शनीमा सहभागी किसानलाई संस्थाले गोलभेँडा, मुला, काउलीलगायतका तरकारीको बीउसमेत निःशुल्क प्रदान गरेको थियो शिवपुरी गाउँपालिका वडा नं का वडा अध्यक्ष पदम थपलियाले कृषिमा बिचौलियाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो उहाँले किसानले भन्दा बिचौलिया मोटाउने प्रवृत्तिले किसान मारमा परेको बताउनुभयो

आयोजक संस्थाको तर्फबाट ग्रामीण स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख डा दुर्गाप्रसाद पौडेलले गरिबी निवारणका लागि समूहमार्फत एकले अर्कोलाई सहयोग गर्दै कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो (रासस)

  • २८ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !