नेपालका सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

आजभोलि

काठमाडौं – नेकपा माओवादी कबेन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ ।

आजको नागरिक दैनिकमा मुख्य खबर छ । भारतमा मतदाता हुनका लागि १८ बर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।

समाचरमा लेखिएको छ, प्राप्त कागजातअनुसार, बिहार राज्यको दरभंगाा जिल्लास्थित दरभंगा नगरपालिका अन्तर्गत दासको नाम छ ।

उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारीक वेबसाइटमा भेटिन्छ ।

दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ ।

उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद् मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ ।

‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा दरभंगा जिल्ला – ८४६००४’, मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ ।

भारतीय मतदाता हुनका लागि अनिवार्य रुपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ ।

दासको मात्र होइन, उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ । रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ । यनको मतदाता क्रमांक १०१ छ ।

  • ५ फाल्गुन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !