चलचित्र हुर्रे को विरगंजमा पत्रकार सम्मेलन

आजभोलि

बीरगंज । नेपाली कथानक चलचित्र हुर्रेमा अभिनय गरेका कलाकारहरुको टोलीले शनिवार पत्रकार सम्मेलनगरि फिल्मको विषयमा जानकारी गराएको छ।

बीरगन्जको कन्ट्री इन होटलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको नायिका केकी अधिकारीले चलचित्रमा आफूले तपस्वी ऋषि सत्य युगको अप्सरा मेनकाको भूमिका निर्बाह गरेको बताएकी हुन् ।

फिल्म ’राज्जा रानी’ मा पनि शीर्ष भूमिकामा देखिएकी केकी अधिकारीकै वरीपरि फिल्मको कथा घुमेको छ । चलचित्रमा केकी अधिकारी र अनुप विक्रम शाही दोस्रो पटकसगै देखिंदै छन् । चलचित्रमा केकी अधिकारी, अनुप बिक्रम शाही, अंकित खडका, संगिता नापित लगायतले अभिनय गरेका छन्।

त्यस्तै हास्य कलाकार राजाराम पौडेलले सबै कलाकार आफ्नो क्यारेक्टरमा भिजेर अभिनय गरेको बताए । १ महिनासम्म काठमाडौको पशुपतिक्षेत्रमा छायाङ्गकन गरिएको फिल्म हुर्रे कमेडियन फिल्म भएकोले दर्शकले मनपराउने कलाकारहरुले बिश्वास व्यक्त गरेका थिए ।

यम थापाले निर्देशन गरेको चलचित्र हुर्रेको निर्माण दाबा लामा, सोनम लामा र क्षिरिड शेर्पाले गरेका हुन् । कार्यक्रमको सहजिकरण हेमन्त तमाङले गरेका हुन्।

  • ५ फाल्गुन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या