मौरीपालनबाट राम्रो आम्दानी

आजभोलि

रुकुम कुनै बेला घर खर्च जुटाउन नसकेर विदेश जाने आकाँक्षा पालेर बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका पोखराका ओमप्रकाश खड्काले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहनुभएको  

उहाँले २०६२ सालदेखि मौरी पाल्न शुरु गर्नुभएको हो मौरीपालनले उहाँलाई सफल उद्यमी मात्र बनाएको छैन वार्षिक लाखौँ रुपैयाँ आम्दानी पनि दिलाइदिएको बाह्र वर्षअघि एक घारबाट मौरी पाल्न शुरु गर्नुभएका खड्का अहिले रुकुम जिल्लाकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित हुनुहुन्छ  

शुरुमा रु पाँच सय ऋण लिएर एक घारबाट मौरी पाल्न शुरु गरेको हुँ, त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले ७५ घार पु¥याएको छु,” खड्काले भन्नुभयो वर्षमा दुई याममा मह निकाल्ने गरेको एक याममा २५० देखि ३०० किलोग्रामसम्म मह उत्पादन हुने गरेको उहाँको भनाइ उहाँले उत्पादित मह प्रतिकिलो रु सय मौरीसहितको घारलाई रु तीन हजारमा बेच्ने गर्नुभएको  

मह मौरीसहितको घार बिक्रीबाट वार्षिक रु लाख भन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो परिश्रमअनुसार आम्दानी राम्रो हुँदै गएपछि खड्का अहिले खुशी हुनुहुन्छ मह बिक्रीबाट आएको पैसाले आफ्ना पाँच छोराछोरीलाई पढाउनुका साथै नौ जनाको घरखर्च व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो  

उत्पादित महमध्ये ६० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको बाँकी जिल्लाभित्रै खपत हुने गरेको खड्काले बताउनुभयो उत्पादित मह काठमाडौँं, नेपालगञ्ज, पोखरा, दाङ लगायतका ठाउँमा निर्यात हुने गरेको  

आव २०७३÷७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत खड्का अहिले मौरीपालन प्रशिक्षकको रुपमा अरुलाई तालीम दिने गर्नुहुन्छ   (रासस

  • ५ फाल्गुन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !