प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

आजभोलि

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

 

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई बधाइ ज्ञापनका लागि आज अपरान्ह सवा ३ बजे काठमाण्डौ आउनु भएका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाइ दिनुभएको हो ।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री अब्बासी बीच होटल याक एउण्ड यतिमा करिब एक घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा मुल रुपमा दुई देशको राजनीतिक र आर्थिक विकासका बिषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र सुदृढ गर्नुपर्ने काम जारी रहेको र चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणकाल अन्त्य गरेको स्पष्ट पार्नुभएको छ । दुई प्रधानमन्त्रीबीच सार्क क्षेत्रीय विकास र दुई देशको सम्बन्धका बारेमा समेत कुराकानी भएको छ ।

सार्कको महत्वलाई थप प्रभावकारी बनाउन दुवै प्रधानमन्त्री सहमत हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशहरुका बीचमा कुनै किसिमको असमझदारी भएमा त्यसलाई आपसी छलफलद्वारा टुंग्याउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री अब्बासीले आफू आंउदो सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको प्रधानमन्त्री ओलीसँग बताउनुभएको छ । यस विषयमा सार्कका अन्य सदस्य राष्ट्रसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निमन्त्रणा गर्नु भएको छ । प्रधानमन्त्री ओलीले उपयुक्त समयमा आफूले पाकिस्तान भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीका साथमा अर्थमन्त्री डा.युवराज खतिवडा,प्रधानमन्त्रीका मूख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल,मूख्य सचिब लोकदर्शन रेग्मी,परराष्ट्र सचिव शंकरदाश बैरागी लगायत सहभागी हुनुहुन्थ्यो ।

यस अघि प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा ‘गार्ड अफ अनर’ले सम्मान गरिएको थियो ।

  • २१ फाल्गुन २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !