कडा कदम नचाली देश बन्दैन-प्रधानमन्त्री ओली

आजभोलि

कडा कदम नचाली देश बन्दैन-प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरुलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने चेतावनी दिनुभएको छ । ‘अब कडा कदम नचाली देश बन्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सबैले आफ्नो कर्तव्य अनुसार काम गरौं । देश बनाउने अभियानमा आफ्नो आफ्नो क्षेत्रबाट सबैले योगदान गरौं ।’

वीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै आज प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दाँया र वाँया घुंडो नचिन्ने, एउटा बेडको विरामीको अप्रेसन गर्नु पर्ने अर्कै बेडको विरामको अप्रेसन गर्ने डाक्टर छन् भन्ने सुनेको छु । के पढेर आएका डाक्टरहरुले यसो गर्छन् । त्यस कारण चिकित्सा शिक्षालाई गुणस्तरीय र विश्वसनीय बनाउनु पर्दछ ।’ यसले चिकित्सा शिक्षाको गुाण्स्तरीयतामा प्रश्न उब्जाएको प्रधानमन्त्री ओलीले बताए ।

सरकारी अस्पतालको गुणस्तरीयतामा जनस्तरबाट प्रश्न उठ्ने गरेकोले यसलाई अन्त्य गर्न ऐतिहासिक वीर अस्पताल अघि सर्नु पर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले विषादीयुक्त खाद्यपदार्थ मानव स्वास्थ्यका लागि समस्या भएको उल्लेख गर्दै भन्नुभएको छ ‘नेपाल जस्तो स्वस्थ्य हावापानी भएको देशमा विषादीको प्रयोगले गम्भिर स्वास्थ्य असन्तुलन सृजना गरेको छ । यसलाई न्यून गर्न सबैको प्रयास जरुरी छ ।’

प्रधानमन्त्री ओलीले विगतमा जस्तो अब शिलान्यास गर्ने तर काम नहुने छुट नभएको बताउनुभयो । ‘मैले सुनेको छु एउटै पुलको शिलान्यास ११ पटक सम्म भएको छ रे ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब कुनै पनि योजनाको शिलान्यास एकपटक हुन्छ । तोकिएको समयमा सम्पन्न हुन्छ र उद्ध्घाटन हुन्छ ।’

कुनै पनि योजना तोकिएको समयमा नसकिए त्यसको स्पष्ट कारण खोजिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘अबको नेपालमा छलछाम गर्ने,आलटाल गर्ने गुणस्तर घटाउने मौका हुदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सबै कामको अनुगमन हुन्छ । अनुगमन गर्ने निकाय माथी थप अनुगमन पनि हुन्छ । त्यस कारण सबैले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरौं ।’

अढाइ वर्ष भित्र सम्पन्न हुने गरी २ अर्ब ८५ करोड रुपैंया लागतमा वीर अस्पताल सजिर्कल भवन निर्माण हुन लागेको हो । भवनमा ६५० शैया रहनेछन् ।

  • २५ फाल्गुन २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !