प्रधानन्यायधिश पराजुलीद्वारा पदबाट राजीनामा

आजभोलि

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहबिार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका छन् । उमेरसम्बन्धी विवादमा पर्नुभएका पराजुलीलाई न्यायपरिषद्का सचिवले कानुन विपरित गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेको थिए । विवदा चर्केपछि प्रधानन्यायधिश पराजुलीले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामापछि सर्वोच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरको छन् ।

प्रधानन्यायधीश गोपाल पराजुली आज सर्वोच्च अदालत अनुपस्थित भएपछि न्यायधीश दीपकराज जोशीले पेशी तोक्नुभएको हो ।

जन्ममिति विवादका सम्बन्धमा न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पराजुलीको पदावधि सकिएको भनी हिजो पत्र काटेपछि उहाँ आज सर्वोच्च अदालतमा हाजिर हुनुभएन ।

अन्यौलताकाबीच सर्वोच्चमा रहेको विवाद केही समयलाई भए पनि किनारा लागेको छ

  • १ चैत्र २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !