यो बर्ष देखि व्यापार घाटा घट्छ : प्रम ओली

आजभोलि

यो बर्ष देखि व्यापार घाटा घट्छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्ष देखि व्यापार घाटा घट्ने बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । ‘व्यापार घाटा घटाउन सरकारले खास योजना ल्याउछ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यसका लागि उपभोग्य वश्तुको उत्पादन,उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वश्तुको उत्पादनमा जोड दिने नीति कार्यन्वयन गर्नुपर्छ ।’

नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठुलाठुला बजार रहेकोले निर्यातमा समस्या नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ । ’

देशलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले अब बन्द र हड्तालको समय सकिएकोले व्यावशायीहरुलाई निर्वाध ढंगले उद्योग व्यावशायमा लगानी गर्न आग्रह गर्नुभएको छ । सरकारले उद्योग व्यावशाय क्षेत्रमा भएका कानुनी अड्चन हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

कार्यक्रममा अर्थ मन्त्री डा.युवराज खतिवडा,उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादब,प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल लगायतको उपस्थिती थियो ।

  • १२ चैत्र २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !