विप्लव नेतृत्व माओवादीद्वारा प्रधानमन्त्री ओली र प्रचण्ड बिरुद्ध १५ दिने वारेण्ट जारीः जनअदालतमा उपस्थित नभएर कारबाही

आजभोलि

विप्लव नेतृत्व माओवादीद्वारा प्रधानमन्त्री ओली र प्रचण्ड बिरुद्ध १५ दिने वारेण्ट जारीः जनअदालतमा उपस्थित नभएर कारबाही

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वारेन्ट जारी गरेको छ ।

जारी वारेण्टमा ओली र प्रचण्ड दुबै जनालाई १५ दिन भित्र रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन भनिएका् छ । उक्त वारेन्ट केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट जारी भएको छ । वारेण्टमातोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही गर्ने भनिएको छ ।

प्रधानमन्त्री ओलीको नाममा जारी वारेन्ट पत्रमा भनिएको छ, २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवालाई विराटनगरमा गिरफ्तार गरी, झुट्ठा मुद्दा लगाएको आरोप छ । साथै, २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेतालाई बिनाकारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको भन्दै त्यसका विरुद्धमा मुद्दा परेको वारेन्टमा उल्लेख छ ।

प्रचण्डका विरुद्ध जारी गरिएको वारेन्ट पत्रमा माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रोलगायत विभिन्न सम्झौता भारतीय कम्पनीसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहितविरुद्ध कार्य गरेको, कथित स्थानीय निकायको चुनावमा कालीकोट जिल्लाको माल्कोटमा स्थानीय धनरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह सन्राइज’समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको । २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेतालाई बिनाकारण गिरफ्तार गरी थुनामा राखेको भन्दै त्यसका विरुद्ध मुद्दा परेको बताइएको छ ।

साथै, महान जनयुद्धको शान्ति प्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विगठन गरेको आरोप लगाएको छ ।

वारेन्टपत्रमा प्रचण्ड र ओलीविरुद्ध परेको मुद्दाको जानकारी पनि गराइएको छ ।

 

  • १३ चैत्र २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !