जलविद्युतमा चाइना लगानीप्रति मोदीको चासो : बुढीगण्डकी चीनले बनाएमा भारतले बिजुली नकिन्ने

आजभोलि

न्यू दिल्ली । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भारतीय पक्षले विद्युतमा चाइना लगानीप्रति चासो देखाएका छन् । विशेष गरी बुढीगण्डकी जलविद्युत आयोजनाप्रति चासो देखाएको छ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले विधी र प्रकृया नमिलेको भन्दै चीनसँग उक्त जलविद्युतको सम्झौता खारेज गरेका थिए । तर प्रधानमन्त्री ओलीले खारेज लगत्तै आफू प्रधानमन्त्री भएपछि चिनलाई नै दिनेघोषणा गरेका थिए । यसकारण पनि भारतीय पक्षले बढी चासो दिएको इण्डिया एक्पेस अनलाइनले जनाएको छ ।

भारतीय उच्च अधिकारीका अनुसार यदी चाइनाले विद्युत उत्पादन गर्छ भने उसैले किन्नु पर्ने छ । त्यसमा भारतको कुनै सहभागिता नरहने बताएका छन् । पछिल्लो समयमा नेपालमा चाइनको बढ्दो लगानी दिल्लीको लागि टाउँको दुखाईको विषय बन्दै आइहेको छ ।

भारतीय उच्च अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रधानमन्त्रीका केपी शर्मा ओलीलाई यो विषयमा स्पष्ट राख्ने बताएका छन् । यदी नेपालले नमाने रेड लाइन देखाउने बताएका छन् । २.५ मिलियन लगानी रहेको बुढीगण्डकीले भारत र बेइजिङबीचको तिक्तता र दुश्मनी बढाउनेमा भारतीय विज्ञहरुको बुझाइ रहेको छ

भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट उद्घाटन गर्ने भनिएको अरुण तेस्रो जल विद्युत आयोजना भारतीय निजी कम्पनी सूतलेज जलविद्युत निगमले बनाउने छ । जसको लगानी १.५ मिलियन रहेको छ । विगतमा अरुण तेस्रो नेकपा एमालेको विरोधको कारण स्थगित भएको थियो ।

नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणप्रति दुबै देशको लागि चासोको विषय बनेको छ । प्रधानमन्त्री भएपछि पहिलो भारत भ्रमण गरेका ओलीले आफूने नयाँ सम्झौता नगर्ने तर विकास सम्बृद्धिको लागि सहयोग माग्ने बताएका छन ् ।

  • २३ चैत्र २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !