देशको समृद्धी र विकासको लागि उद्यमशीलता आवश्यक: अध्यक्ष तिमिल्सिना

आजभोलि

देशको समृद्धी र विकासको लागि उद्यमशीलता आवश्यक: अध्यक्ष तिमिल्सिना

काठमाडौ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भन्नुभयो ‘देशको समृद्धी र विकासको लागि पनि उद्यमशील जनशक्ति आवश्यक छ । त्यसतर्फ हाम्रो सरकार र शिक्षण संस्थाको ध्यान जानुपर्छ ।’ शिक्षित जनशक्तिले ‘जागिरे’ मानसिकता परिवर्तन गरी उद्यमशील बन्नुपर्ने बताउनुभएको छ ।

सानोठिमीस्थित एसओएस हर्मन माइनर विद्यालयले ३२ औं एसओएस दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले पढेपछि डाक्टर, इन्जिनियर बन्नुपर्ने तथा जागिर खानुपर्छ भन्ने सोचको अन्त्य हुन जरुरी रहेको बताउनुभएको हो ।

‘अध्ययनपछि जागिर गर्नुपर्छ वा राम्रो विद्यार्थीले डाक्टर वा इन्जिनियर नै बन्नुपर्छ भन्ने नेपाली समाजको मानसिकता परिवर्तन हुन जरुरी छ । जागिर गर्दा कुनै व्यक्तिले आफ्नो परिवार मात्रै पाल्न सक्छ । तर, उद्यमी बन्यो भने अन्य धेरैलाई रोजगारी दिन सक्छ,’ उहाँले भन्नुभयो ।

विद्यालय र अभिभावकले आफ्नो विद्यार्थीलाई उत्कृष्ट नजितालाई मात्रै सफलता नठानी उनीहरुले अध्ययनपछि गरिरहेको कामको सफलता पनि हेर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले हर्मन माइनरको अनाथ तथा साहराबिहीन विद्यार्थीलाई शिक्षा दिने उद्देश्यअनुरुप नेपालमा सञ्चालित स्कूल तथा कार्यक्रमको प्रशंसा गर्नुभयो ।

  • ९ असार २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !