प्रधानमन्त्री ओली ल्हासामाः ‘फोर सिजन ह्याप्पी भिलेज’को अवलोकन

आजभोलि

प्रधानमन्त्री ओली ल्हासामाः ‘फोर सिजन ह्याप्पी भिलेज’को अवलोकन

तिब्बत । चीनको ६ दिने औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा पुगेका छन् । उनले नेपालीहरुसँग अन्तरक्रिया समेत गरेका छन् । साथै, कृषिमा भएको विकास तथा प्रविधिको अवलोकन समेत गरेका छन् । भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटाला भेट गरेका छन् ।

प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष निगरानीमा चलाइएको फोर सिजन ह्याप्पी भिलेजमा गएर करीब आधाघण्टा विताएका थिए । यो भिलेजमा घरबार नभएका र उच्च हिमाली क्षेत्रमा बस्ने तिब्बेतियन नागरिकलाई बसोबास र रोजगारीको व्यवस्था गरिएको छ । यस गाउँमा चीनको उच्च नेताले भ्रमण गर्दै आएका छन् ।

ल्हासा झरेकै दिन प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो भने त्यसको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष छिटलाबीच महत्वपूर्ण वार्ता भयो । यो वार्ता नेपालको उत्तरी भूभाग १४१४ किलोमिटर क्षेत्र यसै तिब्बतसँग जोडिएकाले सीमा क्षेत्रका विविध विषयमा विचार विमर्श भएको बुझिएको छ । त्यसैगरी बेइजिङमा भएको यातायात प्रोटोकलसम्बन्धी सम्झौताका विषयमा पनि महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

तिब्बेतियन संस्कृतिको झाँकी र परम्परासहित प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल पुगेको सरकारका उपाध्यक्षले यहाँस्थित महावाणिज्य दूतावासले आयोजना गरेको रातिसम्मको कार्यक्रममा पनि सहभागी भएका थिए ।

महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपालको सबैभन्दा पुरानो नियोगमध्येको ल्हासा वाणिज्य दूतावास भएको भन्दै तिब्बत सरकारसँग नेपालको मात्र नियोग रहेको जानकारीसमेत गराउनुभयो । नेपाली दुःख निवारण कोषका अध्यक्ष्य कुन्जो धार्के नेपालीले भन्नुभयो, सन् २०२० देखि हस्तलिखित पासपोर्ट चल्दैन, त्यसपछि हामीलाई समस्या हुन्छ, हामीसँग भएको १० वर्षे हस्तलिखित राजधानीलाई एमआरपी बनाई दिनुहोस् ।

तिब्बतमा हाल करीब १५० जना नेपाली यस्ता छन्, जसका बाबु आमामध्ये एक जना नेपाली र एकजना तिब्बती छन् । हालसम्म न नेपाली नागरिकता न चिनियाँ नागरिकता नै । यहाँ यस्ता नेपालीलाई खचरा पनि भनिन्छ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ल्हासाको छु सोइ काउन्टीमा रहेको चाइना नेसनल मोर्डन एग्रीकल्चर पाइलोट जोनको अवलोकन गर्नुभयो । उहाँले त्यहाँको आधुनिक कृषि पद्धतिका विषयमा जानकारी लिनुभयो । त्यहाँका कृषकले उहाँलाई फार्समा उत्पादन गर्ने कृषिउपजबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओली स्थानीय थिएटरमा सञ्चालन गरिएको नाटकको अवलोकन गर्नुभयो । उक्त नाटकमा स्रोङक्रोङ गम्पोको विवाहको कथा वस्तु समेटिएको थियो

  • १० असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !