सौराहमा पार्टीको नयाँ रणनीति तय गर्दै देउवा

आजभोलि

चितवन । हेटौडामा सम्मपन्न पार्टी सभापतिहरुको भेलाबाट नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सौराह पुगेका छन् । हेटौडामा जिल्ला पार्टी सभापतिहरुले उनको नेतृत्वको कडा आलोचना गरेका थिए । स्रोतका अनुसार उनी सौराहमा बसेर पार्टीको नयाँ रणनीति बनाउने दाबी गरिएको छ । आरामको लागि सौराह पुगेको भनिए पनि निकै तनाबमा रहेका देउवाले आगामी रणनीति तय गर्नेछन ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि भेटघाट नगरेको बताए ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहनुभएको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहनुभएको बताइएको छ । शनिबार काठमाडौँ फर्किने कार्यतालिका भए पनि फर्किएनन् ।

रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, महामन्त्री सशांक कोइराला तथा प्रकाशमान सिंह एक ठाउामा आएपछि उनी पार्टी भित्र एक्लिएको अनुमान गरिएको छ । देउवाको आगामी दिन पनि कठिन तथा चुनौतिपूर्ण हुने जनाइएको छ ।

  • १० असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !