मेलम्चीको पानी दशैंअगाडिनै

आजभोलि

काठमाडौं ।  मेलम्चीको पानी दशैंअगाडिनै काठमाडौंवासीले खानपाउने भएका छन् मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसी दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएपछि काठमाडौंवासीले पानी खान पाउने भएका हुन्।

मन्त्रालयको निरन्तरको प्रयासपछि मेलम्चीको खानेपानी दशैंअघि नै काठमाडौंमा ल्याउन ठेकेदार कम्पनी सहमत भएको खानेपानी तथा सरसफाई मन्त्री विना मगरले जानकारी दिइन्।

भूकम्प नाकाबन्दीबाट भएको क्षति उपलब्ध गराउन माग गर्दै निर्माण कार्य ठप्प पारेको ठेकेदार कम्पनी सीएमसी सरकारबीच गत शुक्रबार दशैंअघि नै काठमाडौंमा पानी ल्याउने समझदारी भएको होख।

ठेकेदारकम्पनीसँग भएको सहमतिबारे जानकारी दिन सोमबार मन्त्रालयका पत्रकार सम्मेलन गरी मन्त्री मगरले निर्माण कम्पनीले दशैंअघि नै काठमाडौंमा पानी आउने गरी आगामी असोज १४ गते भित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउने सहमति गरिएको पनि स्पष्ट पारिन्।

सहमति अनुसार कम्पनीको म्याद पनि थपिएको छ। कम्पनीको म्याद सय १२ दिन थप गरिएको हो। मन्त्री मगरले थपिएको म्यादभित्र पनि मेलम्चीको पानी काठमाडौं ल्याउने काम नभए निर्माणको जिम्मेवारी पाएको सिएमसी कम्पनीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिइन्।

बहुप्रतिक्षीत मेलम्चीको खानेपानीलाई तमासाको विषय बनाउन खोजिएको उल्लेख गर्दै मन्त्री मगरले अब त्यसो हुन नदिने दृढता पनि व्यक्त गरिन्। तोकिएको समयभित्र मेलम्ची खानेपानी काठमाडौं नआए सम्बन्धित निकायमाथि कडा कदम चाल्न बाध्य हुने उनले कार्यक्रममा बताईन्।

सरकारले बागमतीको पानी उपत्यकाबासीलाई उपलब्ध गराउन सुन्दरीजलमा प्लान्ट निर्माण कार्यलाई पनि अन्तिम चरणमा पुर्‍याएको छ। मन्त्री मगरले दैनिक हजार करोड लिटर पानी उपलब्ध गराउने गरी सुन्दरीजलमा प्लान्ट स्थापनाको कामलाई अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिइन्। त्यसका लागि यही असार १५ गतेबाट फ्लसिङको काम सुरु गर्ने मन्त्रालयको योजना छ। तत्पश्चात् बागमतीको पानी पनि काठमाडौंमा वितरण हुने मन्त्री मगरले जानकारी दिइन्।

भूकम्प नाकाबन्दीको क्षतिपूर्तिको माग गर्दै इटालियन ठेकेदार कम्पनी सीएमसीले निर्माण कार्य नै ठप्प पारेको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा २०५८ सालमा सुरु भएको सो आयोजना २०६५ भित्र सम्पन्न गरिसक्ने भनिए पनि सो समयभित्र निर्माण कार्य सम्पन्न हुन नसक्दा यसको लागत बढेर ३५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

  • ११ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !