‘नेकपा कम्युनिष्ट पार्टी नै होइन’

आजभोलि

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य कुनै बेला पुष्पकमल दाहालका राजनीतिक गुरु थिए तर अहिले दाहालको भन्दा बेग्लैनेकपा क्रान्तिकारी माओवादीबनाएर त्यसैको अध्यक्षता गरिरहेका छन् पछिल्लो समय उनको सक्रियता घट्दै गएको उनै वैद्यसँग ऋषि धमलाले कुराकानी गरेका छन् नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई कसरी लिनुभएको ?
अहिले नै ठ्याक्कै मूल्याङ्कन गरिहाल्न सकिदैन जुन १४ बुँदे सम्झौता भएको , कतिपय कुराहरु विकास निर्माणसँग सम्बन्धित छन्, ति राम्रै छन् सकाराकत्मक नेपालले दुवै छिमेकी देशसँग सन्तुलन कायम गर्दै मिलेर काम गर्नुपर्ने हुन्छ तर ठोस नतिजा के कति आउँछ भन्ने निश्चित छैन पारवहनसँग सम्बन्धित विषयहरुमा खासै उपलब्धि देखिएको छैन रेल काठमाण्डौमा ल्याउने भन्ने कुरा चर्चामा तर काठमाण्डौबाट पोखरा हुँदै लुम्बिनीसम्म पुर्याउने कुरा उल्लेख छैन लिपुलेकका सम्बन्धमा कुनै कुरा नै भएन

अहिलेको भ्रमणपछि चीनसँगको सम्बन्ध थप उचाईमा पुगेको हो ?
भोलीका दिनमा व्यवहारले देखाउँने कुरा हो शब्दशैयामा सुतेर मात्रै हुँदैन शब्दमा मात्रै सबै ठिक भइसक्यो भन्ने काममा के हुन्छ भन्ने कुरा हेर्नुपर्छ

सम्झौतामा भएका बुँदा राम्रो छन् नि ?
कतिपय कुराहरु सकारात्मक नै छन् उर्जासँग सम्बन्धित कुराहरु सकारात्मक नै छन् रेलका कुराहरु सकारात्मक छन् समग्रमा सबै कुरा राम्रा नै हुन्छन् तर नतिजा कस्तो हुन्छ भन्ने कुरा कुर्नैपर्छ

यसपटक चीनले नेपाललाई प्राथमिकता दिएको हो ?
त्यस्तो संकेत देखिएन नेपालको आर्थिक विकासका लागि सहयोग गर्छौ भन्ने कुरा चिनियाँहरुले पहिलेदेखि नै गर्दै आएका हुन् सहयोग कसरी लिने भन्ने कुरा हाम्रो पक्षको रणनीतिमा भर पर्छ

नेपाल कम्युनिष्ट पार्टीको सरकार चीनको कम्युनिष्ट पार्टीको नेतृत्वबीचमा कुरा मिल्छ होला नि ?
नेपालको कम्युनिष्ट पार्टी नै होइन नि हामी कम्युनिष्ट नै मान्दैनौँ यो संशोधनवादी पार्टी हो अरुले कम्युनिष्ट पार्टीकै सरकार भन्छन् होला, तर हामी मान्दैनौँ किनकी कम्युनिष्ट पार्टी बन्नका लागि कम्युनिष्ट मूल्य मान्यता अपनाउनुपर्छ

केपी ओली प्रचण्ड मिल्नुभयो एउटै पार्टी बनाउनुभयो अरु कम्युनिष्टहरुलाई पनि एकताबद्ध हुन आग्रह गरिरहेका छन् यसलाई कसरी लिनुभएको ?
उहाँहरुको कम्युनिष्ट एकता होइन, संशोधनवादीहरुको एकता हो त्यसकारण राजनीतिक वैचारिक रुपले ठिक छैन भन्ने मेरो बुझाई हो विचार मिलेर गरिएको एकताप्रति कुनै आपत्ति छैन तर उहाँहरुलाई कम्युनिष्ट मान्न सकिदैन उहाँहरुको नीतिसँग मेरो असहमत

तपाईले विचार मिल्ने पार्टीसँग एकता गर्ने कुरा गर्नुभएको थियो के हुँदैछ ?
प्रयास जारी रातारात हुने कुरा होइन ओली प्रचण्ड मिलेजस्तो जादु हुँदैन हाम्रो हाम्रो छलफल बहस हुनुपर्छ प्रयास गर्छौँ सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबन्द गर्ने प्रयासमा छौँ

  • ११ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !