‘हामी त महाराज केपी ओलीको बन्धक’ -ओम गुरुङ

आजभोलि

प्रधानमन्त्री कपी शर्मा ओली चीन भ्रमणबाट स्वदेश फिर्ता भएको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओम गुरुङको १ घण्टे जहाजभित्र बस्दाको अनुभव

आजै म भैरहवाबाट काठमाण्डौ फर्कनु, आजै महाराज के़ .पी. ओलीको चीनबाट नेपाल फिर्ति सवारी हुनु । महाराजको फिर्ति सवारीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरीसकेको यति एयरलाईन्सको बिमान भित्र हामी सबै जहाजमा सवार गर्ने ७२ जना यात्रूहरू र जहाजका ४ जना कर्मचारीहरू झण्डै १ घण्टाजति जहाज अपहरणकारीहरूले बन्धक बनाएको बन्धकजस्तै हल न चल हदै गुम्सिएर जहाजभित्रै बस्नु पर्यो । तर आज हामी कुनै अपहरणकारीको बन्धक थिएनौ, हामी त महाराज केपी ओलीको बन्धक !

यसबाट कुनै यात्रूले आजै १ बजेको उडानबाट दक्षिण कोरियामामकाम गर्न जान लागेका आफ्ना छोरा र कुनैले छोरी लाई भेट्न नपाउने संभावना भएकोले र कुनै यात्रूले आजै बिदेस जाने उडान छुटाउन सक्ने संभावना भएको हुदा ती यात्रूहरू भक्कानिन थाले । आफु भने आजै ३ बजे एउटा महत्वपूर्ण मिटिंगमा भाग लिन भैरहवाको ४० डिग्रीको गर्मिबाट छुट्टी लिएर काठमाण्डौको चिसो ठाउमाण्डौमा आएको हो ।

करीब १ घण्टासम्म जहाजभित्र उकुसमुकुसहुनेगरी भएको गर्मिलाई मत्थर पार्न जहाज कम्पनिले बाहिरबाट छुट्टै एसी जडान गरी यात्रूहरूलाई हल्का शितल दिने प्रयास गरे । तर एयरपोर्टका सुरक्षा कर्मचारीहरूले महाराज ओलीलाई एसीको आवाजले हल्ला हुन्छ भनेर जहाजका कर्मचारीहरूलाई बाहिरबाट जडान गरिएको एसी पनि चलाउन दिएनन् । महाराज ओलीको सवारी एयरपोर्ट भएदेखि महाराज एयरपोर्टबाट नबाहिरिएसम्म १ घण्टाजति एयरपोर्टमा कुनै जहाज उड्नेरबस्ने, गाडी गुडने जस्ता केही काम भएन । सबै चिज थप्प रह्यो ।

जहाजबाट बाहिर हेर्दा पूरै एयरपोर्ट बिलकुल शुनसान र जहाजभित्र हेर्दा कुनै कुनै यात्रूहरू भक्कानिएको देख्दा लाग्यो एयरपोर्टमा आज नेपालमा वा नेपालको एयरपोर्टमा कुनै एउटा ठूलै दुखद घट्ना घटेको छ । तर त्यो बास्तबमा कुनै दुखद घट्ना नभएर सुखद घट्ना नै थियो र त्यो सुखद घट्ना हाम्रे देशको जन निर्बाचित सरकार प्रमुख केपी ओलीको चीनबाट फिर्ति सवारी । तर जहाज भित्र बन्धक बनाईका कुनै पनि यात्रूहरूको चेहरामा आफ्नो देशको जननिर्बाचित प्रधानमन्त्री बिदेशबाट स्वदेश फर्केको उपलक्षमा खुसीको कुनै संकेट थएन ।

सबैको अनुहारमा महाराजको कारण आफुहरू १ घण्टासम्म बन्धक बन्नु परेकोले उनीप्रति आक्रोसको प्रतिबिम्बदेखिन्थ्यो र सबैका मुखमा महाराजलाई गाली बेइजति सुनिन्थ्यो । महाराज जनतालाई यसरी कहिलेसम्म शास्ती दिनुहुन्छ र जनताको यो गाली बेईजति कहिलेसम्म सहनु हुन्छ ? यसबारे कहिले बिचार पुर्याउने होला र ?

”ओम गुरुङको फेसबुकवालबाट साभार”

  • १२ असार २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !