मन्त्रीलाई लगाम लगाउन कांग्रेसको चेतावनीः प्रधानमन्त्री नयाँ राजा बनेको गम्भिर आरोप

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मन्त्रीलाई लगाम लगाउन चेतावनी दिएका छन् । उनले गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानून मन्त्री शेरबहादुर तामाङले कानून मिचेर आतंक सिर्जना गरेको बताए । न्यायालयदेखि सबैतिर धम्काउने, थर्काउने र जथाभावी पक्राउ गर्ने गरेको आरोप लगाए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै कांग्रेस नेता डा. रिजालले मन्त्रीले कानुन भन्दा पनि मनमर्जीले काम गर्ने गरेको आरोप लगाएका छन् । सबै मन्त्रीहरुले राजनीतिक आस्थाको आधारमा कारबाही गर्ने, धम्क्याउने काम गरिहेको दाबी गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीले सरकारको सबै शक्तिशाली निकाय तथा बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ल्याएर नयाँ राजा बन्न खोजेको बताएका छन् ।

रिजालले गृहमन्त्री थापाले कानून मिचेर ठेकेदारहरुलाई कारबाही गर्ने गरेको भन्दै आपत्ति गम्भिर जनाए । उनले प्रहरीले सुर्खेत लगायतका ठाउँमा पार्टी कार्यालयमा प्रहरी हस्तक्षेपको कडा बिरोध जनाए । निकै आक्रोसित मुद्रामा पेश भएका रिजालले सरकारको कार्यशैलीप्रति पार्टीको तर्फबाट कडा बिरोध जनाएका छन् ।

  • १२ असार २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !