७ नम्बरको मुख्यमन्त्रीको उपचार घरमैः जनता भारत जान बाँध्य !

आजभोलि

कैलाली । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट विरामी भएपछि आफ्नै निवासमा उपचार गरीरहेका छन् । उपचारका लागि सेती अञ्चल अस्पतालमा गए पनि फर्केर फेरी निवासमै आएका छन् ।

सेती अञ्चल अस्पतालमा उचित कोठा तथा व्यवस्थापन नभएपछि उनी उपचार नगरी फर्केका हुन् । उनलाई ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या लगायतका समस्या देखापरेको डाक्टरले जनाएका छन् ।

सेती अञ्चल अस्पतालले पाँच जिल्लालाई हेर्ने गरी स्थापना गरिएको हो । तर अस्पतालमा सरसफाई, मेसिनको व्यवस्थापन, दक्ष डाक्टर अभाव तथा भौतिक श्रोत साधनको अभावका कारण दिनमा सयौ विरामी भारततिर जान बाध्य भएका छन् ।

अस्पताल श्रोतका अनुसार मुख्यमन्त्री उपचारको लागि बिहान आए पनि विशष्टि व्यक्तिका लागि सुविधासम्पन्न नभएकाले घरमा उपचार गराइएको जनाएको छ ।

उपचारपछि मुख्यमन्त्रीको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । उनी अहिले निवासमै आरम गरिहेको जनाएका छन् ।

मुख्यमन्त्रीले घरमै उपचार गराएपछि सामाजिक संजालमा ठूलो आलोचना भएको छ । टेकराज अवस्थी लेख्नु हुन्छ ‘महाराज लाई सेती अंचल अस्पताल राम्रो बेड भयन रे अब सिंगापुर लैजानु पर्यो’ । त्यस्तै निर्प रावलले लेखेका छन्, ‘मुख्यमन्त्री उपचारमा जाँदा अस्पतालमा नी कार्पेट बिच्छ्याउन आवश्यक देखियो ।’

प्रत्येक दिन सुदूरपश्चिमका सयौ जनता उपचारका लागि भारतका सिमाना नजिकका अस्पताल जान बाध्य छन् । प्रदेश सरकार बनेपछि उचित व्यवस्थापन गर्न सकेको छैन् । जहिले पनि स्वास्थ्यमा समस्या भोग्दै आइरहेको अवस्थामा प्रदेश सरकार नेपछि पनि समस्या जहाँकोत्यही रहेको छ ।

Photo: facebook.com

  • १३ असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !