मष्टा गाउँपालिका अध्यक्षमाथि कालोमोसोः प्रहरी प्रशासन उदासिन

आजभोलि

बझाङ । विप्लव माओवादीका कार्यकर्ताले मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतलाई कार्यालय परिसरमै कालोमोसो दलेका छन् । अध्यक्ष कठायत कार्यालयबाट फर्किदै गर्दा माआवदीका कार्यकर्ताले कालोमोसो दलेको स्थानीय बासिन्दाले बताएका छन् ।

विप्लव कार्यकर्ताहरुले एक छिन तपाईसँग काम छ भन्दै बोलाएर अलि पर लगेको र एक्कसाी भ्रष्टाचारी भन्दै कालो मोासे दलेको बताइएको छ । करिव एक दर्जनको हुल आएर एकाउक अध्यक्षमाथि कालोमोसो दलेका थिए ।

विप्लव समूहले कठायतले योजनामाथि भ्रष्टाचार गरेको, मनमर्जी बजेट विनियोजना गरेको र विकास बजेटबाट कमिसन खाएको आरोप लगाएका छन्

तर अध्यक्ष कठायतले भने यो सबै झूठो भएको बताएका छन् । उनीहरुले आफूसित चन्दा मागेको नदिएपछि उनीहरुले यस्तो गरेको बताए । र, उनले चन्दा नदिए आफूलाई ज्यान मार्ने धम्की समेत दिएको बताएका छन् ।

तर अध्यक्षमाथि कालोमासो दल्ने माओवादीका कार्यकर्तामाथि कारबाही हुन सकेको छैन् । प्रहरीले खोजी गरिहेको भने पनि असहलेसम्म कुनै पक्राउ परेका छैनन्। सदरमुकाम चैनपुरबाट लगभग ३ घण्टाको दूरीमा रहेको स्थानमा अहिलेसम्म कुनै प्रक्राउ नर्पुनुले प्रहारीको उदासिना रहेको स्थानीय बासिन्दाले आक्रोस पोखेका छन् ।

यस अघि माओवादीले साइपाल गाउँपालिकाका कर्मचारी राधाकृष्ण जोशीमाथि पनि कालोमोसो दलेको थिए । उनीमाथि कालोमोसो दल्ने कोही पनि पक्राउ भएका छैनन् ।

  • १५ असार २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !