विद्यार्थीलाई धान रोप्न सिकाउँदै तक्षशिला

आजभोलि

कोहलपुर। असार १५ ले नेपालमा किसानहरूको धान रोपाइँ गर्ने चटारोलाई संकेत गर्दछ र यही दिनलाई विगत १५ वर्षदेखि नेपालमा राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरिएको छ। यसै अवसरमा बाँकेको कोहलपुरमा अवस्थित तक्षशिला एकेडमी बाँकेका कक्षा ९ र १० का विद्यार्थीहरुलाई धान रोप्न सिकाइएको छ । घोकन्ते शिक्षा मात्रै नभइ विद्याथीहरुलाइ कृर्षीमा आर्कषीत गर्नका लागि पनि विद्लयले विद्यार्थीहरुलाइ खेतमै लगि जानकारी गराइएको विद्यालयका शिक्षक नविन किशोर रत्नले बताउनुभयो ।

राजधानीका कतिपय विद्यार्थीले त धान कसरी फल्छ भनेर सोध्दा पसलमा भनेर उत्तर दिने गरेका छन् । उपत्यका बाहिरका विद्लयहरुले भने धान दिवसका अवसर पारी विद्यार्थीहरुलाइ धान रोप्न खेतमै लगि सिकाएका छन् ।

नेपाल कृर्षीप्रधान देश भनेर चिनिएता पनि भारत लगायत अन्य मुलुकबाट आयात गरेर चामल गरिन्छ । नेपालमा वार्षिक रूपमा करिब ६० लाख मेट्रिन टन धान खपत हुन्छ।त्यसमध्ये गत वर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन भयो भने बाँकी करिब १० लाख मेट्रिक टन धान अन्य मुलुकबाट आयात भएको थियो।

राष्ट्रिय धान दिवसका अवसर पारी दिवसलाइ औपचारिक रुपमा प्रधानमन्त्रिदेखी लिएर विभिन्न मन्त्रि, मुख्यमन्त्रि सम्म लिएर तह र तप्काका ब्यक्तित्वहरुले औपचारिक रुपमै मनाइरहेका छन् ।

  • १५ असार २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या