अब गरिबी होइन सुख र सृमद्धिका दिन आउछन् : प्रम ओली

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही बर्षभित्र नेपालमा गरिबीको गीत गाउनु पर्ने दिनको अन्त्य हुने बताए । “अब गरिबी होइन सुख र सृमद्धिका उपभयो गर्न दिन आउछन् ” प्रधानमन्त्री ओलीले जानकारी दिए । 

संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यलय, योजना आयोग,राष्ट्रपति,उपराष्ट्रपति कार्यलयको बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यलयले अुनगमन गर्न लागेको बताउनुभएको हो । विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि योजना आयोगको पुनरगठन गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री कार्यलयमा धेरै बजेट राखियो भनेर गुनासो गर्नुको कुनै अर्थ नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “प्रधानमन्त्री कार्यलयमा भएको बजेट पुननिर्माण,प्राकृतिक प्रकोप उद्धार लगायतको समेतको रहेकोले धेरै देखिएको हो” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चाल बुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “सधैं हिडिरहेको बाटो अध्याँरोमा पनि हिड्न सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ बाटो हिड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि ,लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु पनि त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको हो ।”

लोकतन्त्र कसैले किस्तीमा उपहार दिएको नभइ आफूहरुले संघर्ष गरेर ल्याएको हुनाले यसमा कसैलाई शंका नगर्न प्रधानमन्त्री ओलीले आश्वस्त पार्नुभएको छ । अधिनयाकवाद आउछ भनेर केही मान्छेहरुले नयाँ थेगोको विकास गरेको प्रधानमन्त्री ओलीले बताए ।

भूकम्प पछिको पुननिर्माणलाई गति दिन सरकार लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ । “पुननिर्माणका लागि नियुक्त गरिएको सिइओको ध्यान राजनीति र निर्वाचनमा रहेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले पुननिर्माणको काम अघि बढेन अब यसले गति पाँउछ ।”

अस्पताल भित्र नारा जुलुस गर्ने,अत्यावश्यक ठाउँमा हड्ताल गर्ने जस्ता कार्य सरकारका लागि सैह्य नहुने बताउनुभएको । सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई लगाम नलगाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

  • १५ असार २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !