नेपालीहरु प्रत्येक दिन १५ रुपयाँतिरेर सडकमा पानीजहाज चढीरहेका छन् – प्रकाश स्नेही

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सभासद प्रकाश रसाइली (स्नेही) ले संसदमा व्यंग्य गर्दै भन्नु भया,े हामी प्रायः संसद प्रत्येक दिन सडकमा गुड्ने पानीजहाज १५ रुपयाँ तिरेर चढी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आइरहेका छौं । गोकर्ण, जोपाटी, त्रिपुरेश्वरका जनता सधै सडकमा पानीजहाज चढी रहेका छन् । अब पानीमा चल्ने पानीजहाज किन चाहियो उनले प्रश्न गरे ।

उनले भने, रेल र पानी जहाज त चढ्दै गरौला । तर प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणताका लिपुलेकको बारेमा के भयो । लिपुलेक भरत र चीन जस्तौ हाम्रो पनि सरकारको विषय हो । त्यसको जवाफ मागे ।

प्रधानमन्त्रीले लिपुलेकको बारेमा स्पष्ट पार्नु भएन । लिपु लेक मात्र हैन त्यहाँको एक चिम्टी माटो त्यतिकै महत्वपूर्ण छ । त्यसकारण हाम्रा लागि रले भन्दा पनि लिपुलेक महत्वपूर्ण भएको उनले दाबी गरे ।

गफ र उखान टुक्कामा यो सरकारले गिनिज बुकमा रेकर्ड तय गरेको उनले आरोप लगाए । साथै यो सरकार पराष्ट्रनीतिमा पनि असफल भएको आरोप लगाए ।

उनले उपेन्द्र यादव र प्रधानमन्त्रीलाई प्रश्न गरे हिजो उपेन्द्र यादवले मधेशी जनताले नाकाबन्दी गरेको भन्ने र प्रधानमन्त्रीले भारतले गरेको हो भन्ने । अहलिे दुबै जना एक सरकारमा भएकाले अब स्पष्ट पार्नु पर्यो नाकाबन्दी कसरले गरेको हो भनेर उनले प्रतिप्रश्न गरे ।

सांसद स्नेहीले वर्तमान सरकाले गोविन्द केसीलाई पक्राउ गर्ने बालकृष्ण ढुंगेललाई जेलमुक्त गर्ने जनपक्षीय नभएको बताए । र, उनले प्रधानमन्त्रीले फेरी चीन भ्रमणको बारेमा संसदलाई जानकारी दिनु पर्ने जनाए ।

  • १८ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !