अन्धकारमय स्थानमा मैनबत्ती बालेर अनशनः डा. केसीको सुरक्षा र स्वास्थ्यमा खतरा

आजभोलि

जुम्ला । जुम्लामा ३ दिन देखि अनशनरत बसीरहेका डा. गोविन्द केसी बत्ती नभएको र भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनशन बसीरहेका छन् । उक्त स्थानमा डा.केसीको सुरक्षा र स्वास्थ्यमा खतरा रहेको स्थानीय बासिन्दाले जनाएका छन् । त्यहाँ न कुनै उज्यालो छ । न त ठाउँ नै सुरक्षित छ, एक जना स्थानीय जानकारी दिए । उनी रातभरी मैनबत्ती बालेर बसी रहनु भएको छ । र, उनीमाथि सुरक्षाको पनि त्यतिकै जोखिम रहेको उनले बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा. केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील रहेको जनाएका छन् । डा. केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौं । तर उहाँको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुश्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउनेलाई कडाइ गरेका छौँ, प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

डा. केसीको उपचारमा संलग्न रहेकोमेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको छ। स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उनीहरुले जानकारी दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानएका न् ।

डा. केसीको स्वास्थ्य अवस्था भने हिजोभन्दा आज विग्रदै गइरहेको उपचारमा संलग्न डाक्टर टिमले जनाएका छन् । स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्तबन्दै गइरहेको छ । आइतवारदेखि डा। केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या देखा परेको जनाइएको छ ।

  • १८ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या