बाँके । दिनभरीको वर्षाको कारण आएको बाढीले स्थानीय खोला तथा नदीमा पानीको सतहमाथि आएपछि बाँेकेमा मात्र चार जनाको मृत्यु भएको छ । अहिले पनि बाँके जिल्लाभरी कयौ बस्ती दुबानमा रहेका छन् । स्थानीय बासिन्दा सुरक्षित स्थानतिर उद्धार कार्य जारी रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव रहेका स्थानी पत्रकार बिष्णु प्रसाद बेल्वासे जनाएका छन् ।
उद्धारका लागि नेपाल प्रहरी तथा सुरक्षाका अन्य संयन्त्रहरु परिचालन गरिसको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताएका छन्। अहिले पनि वर्ष निरन्र परिहेको जनाएको छ ।