कांग्रेस जुम्म्लादेखि सांसदसम्म सशक्त प्रतिकार आन्दोलनमा

आजभोलि

काठमाडौं। नेपाली कांग्रेसले वर्तमान सरकार तथा समसामयिक विषयमा नयाँ रणनीति तय गरेको छ । उसले जुम्लामा अनशनमा बसिरहेका डा. गोविन्द केसीको अवस्था बुझ्न जुम्ला पठाउने निर्णय गरेको छ । यसका लाथि तीन जना सांसदको टोलि गठन गरेको छ । जसमा संघीय सांसदद्वय प्रकाश स्नेही र रंगमती शाही तथा प्रदेशसभाका सदस्य दीनबन्धु श्रेष्ठको जिम्मेवारी दिइएको छ ।

जुम्ला जाने काँग्रेस सांसदको समूहले उहाँको मागप्रति ऐक्यबद्धता जनाउँदै उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले डा केसीको माग अनुसार यसअघि सरकारले गरेको सम्झौताका आधारमा चिकित्सा विधेयक तयार पार्न पनि माग गरेको छ ।

यसैगरी काँग्रेसले एक महिनादेखि आमरण अनशनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किदो स्वास्थ्य अवस्थाका बारेमा बुझ्न प्रतिनिधिसभाका सांसदद्वय पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनालाई खटाउने निर्णय गरेको छ ।

तेह्र वर्षअघि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उहाँ एक महिनादेखि वीर अस्पतालमा आमरण अनशनमा हुनुहुन्छ । सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाप्रति काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले निश्चित स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने गरी धेरै ठाउँमा निषेधाज्ञा जारी गरेकामा पनि बैठकले त्यसलाई खारेज गर्न माग गरेको छ ।

पछिल्लो समय जनताको ढाड सेकिने गरी भएको मूल्यवृद्धिको विरोध गर्दै काँग्रेसले नियमन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !