डा. केसीको शैली अधिनायकवादी – गृहमन्त्री

आजभोलि

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले अनशनरत डा.गोविन्द केसीको विरोधी शैली अधिनायवादी भएको आरोप लगाएका छन् बुधवार सांसदको समसामयिक तथा गृहमन्त्रालयसँग उठेका प्रश्नको जवाफ दिदै उनले भने गोविन्द केसीको आन्दोलन तथा उनको शैली अधिनायवादी हो । र, उनले गलत समयमा आन्दोलन गरिहेको समेत आरोप लगाए । उनले भने सबै फैसल ागर्ने निकाय सांसद राष्ट्रिय सभा हो । सडक हैन् । सबैकुरा सांसदवाट छलफल भएपछि लोकतान्त्रि विधीद्वारा पारित हुने बताए ।

उनले डा गोविन्द केसीको अधिकारलाई दमन तथा कुन्ठित नगरेको भन्दै उनको नैसर्गिक अधिकारको सरकारले सम्मान गरेको बताए । लोकतन्त्रका नाममा जहाँसुकै अनशन गर्ने र विरोध गर्ने अधिकार हुँदैन भन्दै गृहमन्त्री थापाले अति संवेदनशील र अत्यावश्यकीय क्षेत्रमा अनशन बस्न नहुने बताए ।

लोकतन्त्रका जननी भनिएका देशमा पनि जहाँसुकै विरोध जनाउन नपाइने भन्दै उनले डा केसीले उठाउनुभएको विषयमा सरकारको विमति छैन, विधिसम्मत र लोकतान्त्रिक तबरले हल गरिनेछ जनाकारी दिए ।

जननिर्वाचित प्रतिनिधिसभामार्फत विधिसम्मतरुपमा समस्याको समाधान गरिने भन्दै उनले विशेष किसिमका मुद्दा सम्बोधन गर्न सरकारले सदनमा विधेयक ल्याउने जानकारी दिए ।

जनयुद्धका विषयका मुद्दाका विषय सहमतिका गरेर अगाडि बढिसकेको भन्दै गृहमन्त्री थापाले गंगामाया अधिकारीका विषयलाई अतिरञ्जीत तबरले उठाएर राजनीतिक अस्थिरता पैदा गर्ने खेल त भइराखेको छैन भन्दै शंका नगर्न आग्रह गरे ।

गृहमन्त्री थापाले एक जना गंगामाया मात्र होइन हजारौँ गंगामायाजस्ता व्यक्तिको समस्यालाई विशेष ध्यान दिनुपर्ने भन्दै राज्यले समस्याको समाधान गर्ने बताए ।

गृहमन्त्रीले कांग्रेसले पनि बेमौसमि माग उठाइरहेको आरोप लगाए । यो लोकतान्त्रि दुइतिहाई प्राप्त सरकार हो । निरंकुश सरकार हैन । यसकाकारण यसको विरोधमा कुनै विरोध गर्नु आवश्यक नरहेको दाबी समेत गरे ।

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !