गंगामायाको स्वास्थ्य अवस्था बुझ्न प्रथम राष्ट्रपति यादव वीरमा

आजभोलि

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेका थिए । उनले आइसीयूमा अनशन बसी रहेकी गंगामायको स्वास्थ्यको बारेमा जानकारी लिएका थिए । गंगामायाको अवस्था देखेपछि उनी निकै भावुक भएका थिए ।

उनले गंगामायाको स्वास्थ्य आवस्था तथा उनका मागप्रति गम्भिर चासो देखाएका थिए । आजै, नेपाली कांग्रेसका नेता डा. रामशरण महत, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी तथा एनपी साउँद लगाएतका नेताहरु वीर अस्पताल पुगको उनको मागप्रति ऐक्यबद्धाता जनाउँदै स्वास्थ्य अवस्था बुझेका थिए । यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला लगायत पनि वीर अस्पताल पुगेर ऐक्वयबद्धता जनाइसकेका छन् ।

नेपाली कांग्रेसले गंगामायको अवस्था बुझ्नको लागि एक संसदीय समति गठन गरेको छ । जसमा प्रतिनिधिसभाका सांसद पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनालाई खटाएको छ । ।

तेह्र वर्षअघि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उहाँ एक महिनादेखि वीर अस्पतालमा आमरण अनशनमा हुनुहुन्छ । सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाप्रति काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले सांसदमा पनि गंगामायाको बारेमा प्रत्यक दिन आवज उठाउँदै आइरहेको छ । तर नेकपा भने यसको बारेमा अनभिज्ञता प्रकट गरिरहेको छ ।

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !