काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैंठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको आज प्रमाणीकरण गरेकी छन्।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए।