डा. केसीको अान्दोलनमा काँग्रेसको ऐक्यबद्धता

आजभोलि

काठमाडौँ नेपाली काँग्रेस संसदीय दलले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न सांसदको समूह खटाउने निर्णय गरेको

डा केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै गम्भीर बन्दै गएको उनको स्वास्थ्य अवस्था बुझ्न प्रतिनिधिसभाका सांसदद्वय प्रकाश स्नेही रंगमती शाही तथा प्रदेशसभाका सदस्य दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको

जुम्ला जाने काँग्रेस सांसदको समूहले उहाँको मागप्रति ऐक्यबद्धता जनाउँदै उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीलाई जानकारी दिए

संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले डा केसीको माग अनुसार यसअघि सरकारले गरेको सम्झौताका आधारमा चिकित्सा विधेयक तयार पार्न पनि माग गरेको

यसैगरी काँग्रेसले एक महिनादेखि आमरण अनशनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किदो स्वास्थ्य अवस्थाका बारेमा बुझ्न प्रतिनिधिसभाका सांसदद्वय पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह वेद तिमल्सिनालाई खटाउने निर्णय गरेको

तेह्र वर्षअघि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उहाँ एक महिनादेखि वीर अस्पतालमा आमरण अनशनमा हुनुहुन्छ सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाप्रति काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको

बैठकमा महामन्त्री डा शशांक कोइराला, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायत सांसदको उपस्थिति थियो

सरकारले निश्चित स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने गरी धेरै ठाउँमा निषेधाज्ञा जारी गरेकामा पनि बैठकले त्यसलाई खारेज गर्न माग गरेको

पछिल्लो समय जनताको ढाड सेकिने गरी भएको मूल्यवृद्धिको विरोध गर्दै काँग्रेसले नियमन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको  

  • २० असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !