इङ्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा : आयोजक रुस बाहिरीयो

आजभोलि

एजेन्सि । रुसमा भइरहेको विश्वकफ फुटबलका खेलाहरुमा इङल्याण्ड र क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेका छन् । इङल्याण्डले स्वीड्न र क्रोएसियाले आयोजक राष्ट्र रुसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । निकै चर्चामा रहेको आयोजक राष्ट्र रुस भने खेल चरणबाट नै बाहिरिएको छ ।

इङल्याण्ड र स्विडेनले शनिबार रातिको खेलमा २-० ले पराजित गरेको छ । यसअघि दुई पटक प्रतिस्पर्धा गरेका थिए। ती दुवै खेल भने बराबरीमा टुंगिएको थियो। दुवै टोलीले सन् २००२ को विश्वकपमा १-१ र सन् २००६ को विश्वकपमा २-२ गोलको बराबरी खेलेका थिए। यस बाहेक समग्रमा २३ पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका इंग्ल्यान्ड र स्विडेनले समान सात(सात खेलमा जित हात पारेका थिए भने बाँकी नौ खेल बराबरीमा टुंगिएको थियो।

रुसमा जारी फिफा विश्वकप अन्तरगत शनिबार राति भएको क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि आयोजक रुसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसियाले बाजी मारेको हो ।

फाइलनका लागि मंगलबार बेल्जियम र फ्रान्स भिडन्तमा उत्रँदैछन् । बुधबार क्रोएसिया र इङ्ल्याण्ड भिड्नेछन् ।

Photo: Fifa.com

  • २४ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या