छविलालद्वारा सर्वोच्चमा आत्समपर्णः डिल्लीबजार सदरखोर चलान

आजभोलि

काठमाडौं । कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेलले आइतबार सर्बोच्चमा आत्मसर्पण गरेका छन् । आत्मसर्पणपछि उनीलाई डिल्लीबजार स्थित सदरखोर कारागारामा राखिएको छ । १८ वर्षीय कृष्णप्रसादलाई २०६१ जेठ २४ गते माओवादीले चितवनमा हत्या गरेको थियो। आत्मसमर्पण गरेका पौडेलले अब थुनामा रहेर उनीविरुद्ध चलेको मुद्दाको पुर्पक्ष गर्ने छन्।

सर्वोच्च आदालतले २०७२ पुसमा न्यायाधीशदव्य गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदनको आदेश बदर गर्दै पौडेलमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। तर लामो समयसम्म उनी फरार थिए । चारैतिरको दबाबपछि आइतबार उनी आफैं अदालतमा उपस्थित भएका हुन्।

यसअघि जिल्ला अदालत चितवनले पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो।

जिल्ला अदालत चितवन र उच्च अदालत हेटौंडाले पौडेललाई साधारण तारिखमा राख्न आदेश दिएपछि सर्वोच्चमा परेको अर्को निवेदनमा पुर्पक्षका लागि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश भएको थियो।

छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै गंगामाया अधिकारी वीर अस्पतालमा अनसन बसिरहेकी छन्। अब उनलाई आरमण अनसन त्याग्नका लागि बाटो खुलेको छ । उनको स्वास्थ्यमा गम्भिर समस्या देखा परेको छ ।

  • २४ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या