कालंगा हाइड्रोका कारण लगभग ३ हजार नाली खेत सिचाई विहीन हुने : स्थानीयद्वारा चर्को विरोध

आजभोलि

बझाङ । नीजि क्षेत्रको लगानीमा निर्माणाधिन कालंगा हाइड्रोपावरका कारण बझाङमा लगभग ३ हजार नाली खेतीयोग्य जमिन प्रभावित हुने देखिएको छ । कालंगा नदीको पानीद्वारा सिचाई हुने सन्स्यू, तोली बगर, बाउनाली लगायतका खेतीयोग्य जमिन सिंचाइबाट बन्चित हुने भएको छ ।

स्थानीय बासिन्दा अंगद भण्डारीका अनुसार कालंगा नादीको पानी हाइड्रोले लिएपछि पानीको सतह तल जाने र सिचाईमा समस्या देखिने बताए । उनका अनुसार लगभग ३ हजार नाली जग्गा प्रभावित हुने दाबी गरेका छन् ।

उनले भने ओदाल बगरदेखि सन्स्यू पुल बजारसम्म २०० नाली, खोप्टे बगर ५० नाली, तोली बगर ४०० नाली, बउनाली बगर ५०० नाली, निन्नो बागर ५० नाली लगायतका खेतीयोग्य जमिन प्रभावित हुने जनाए ।

उक्त हाइड्रोको कारण लगभग ६ पानीघट्ट, ५ ओटा मसानघाट पनि प्रभावित हुने स्थानीय बासिन्दाले जनाएका छन् । पानीको सतह घतेपछि पानीघट्ट बन्द हुने र स्थानीयले गहु मकै तथा कोदो पिस्न समस्या हुने उनले जनाए । साथै वित्थडचिर, केदारस्यू गाउँपालिकाका सबै मसानघाटहरुमा दाहासंस्कार गर्न पनि कठीनाई हुने देखिएको छ । पानी नभएपछि दाहासंस्कारमा समस्या देखा पर्ने स्थानीयले दाबी गरेका छन् ।

यसरी केदारस्यू, वित्थडचिर र बुंगल नगरपालिकका सयौ परिवार प्रभावित हुने देखिएको छ । केदारस्यू गाउँपालिका वार्ड नम्बर ४ मा मात्रै लगभग ३०० घरधुरी प्रभावित हुने स्थानीय बासिन्दाले जनाएका छन् ।

यसरी पूरै गाउँ प्रभावित हुने भएपछि स्थानीय बासिन्दाले संघर्ष समिति समेत गठन गरेको स्थानीय बासिन्दाले जनाए । अयोजना पक्षले स्थानीय बासिन्दासँग आवश्यक सबै समस्या समाधान गर्ने भने पनि अहिलेसम्म ठोस पहल नगरेको स्थानीय बासिन्दाले आजभोलिसँग गुनासो गरेका छन् ।

अयोजनाका प्रमुख उमेश श्रेष्ठसँग यसबारे कुराकानी गर्न खोज्दा उहासँग सम्पर्क हुन सकेन् ।

  • २४ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !