मन्त्रालयमै राष्ट्रिय झण्डा उल्टो : ७ नम्बर प्रदेशकै बेइज्जत

आजभोलि

धनगढी । ७ नम्बर प्रदेश सरकारले एकपछि अर्को आलोचना झेल्दै आइरहेको छ । पछिल्लो समयमा प्रदेश नम्वर ७ को सामाजिक विकास मन्त्रालयमा नेपाली राष्ट्रिय झण्डा उल्टो झुण्डाईए पछि सामाजिक संजालमा कडा ओलाचना भएको छ । राष्ट्रिय झण्डाको चन्द्र माथी र सुर्य तल हुनुपर्ने हो तर मन्त्रालयले माथी सुर्य र तल चन्द्र भएको नेपाली राष्ट्रिय झण्डा झुण्डाएको छ ।

यसरी सरकारी कर्मचारी तथा मनत्रीले समेत राष्ट्रिय झण्डाको बारेमा थाहा नहुनु लज्जाको विषय हो । कहिले रातो कारपेट त कहिले घरमै उपचार लगायतका विभिन्न घटनासँगै चचाृमा रहेको ७ नम्बर प्रदेश सरकार पछिल्ललो पटक राष्ट्रिय झण्डाको कारण आलोचित भएको छ । यस बारेमा मनत्रालयको आधिकारिक धारणा भने बाहिर आएको छैन् ।

यसको बारेमा समाजिक संजालमा कडा आलोचना भएको छ । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ व्यंग्य गर्दै लेख्नुुहुन्छ “प्रदेश ७ को सामाजिक विकास मन्त्रालयमा राष्ट्रीय झण्डा उल्टो झुण्ड्याएछ। फोटो खिच्दा सुल्टो देखिने गरि नखिचेकोमा फोटो ग्राफरलाई पक्राउ गरेर बालुवाटार मै थुन्नु प(यो है महाराज!”

त्यस्तै दिल बाँस्ताकोटी लेख्नुहुन्छ ”कठपुतली सरकार ले जे मन लाग्यो तेहि गर्छ ।” अर्का सामाजिक संजाल प्रयोगकर्ता भवानी शर्मा टिप्पणी गर्नुहुन्छ “यति गर्न नसक्ने छैनन यहाँका शासकहरु । स्वघोषित राष्ट्रवादीहरुले देशको आस्मीतालाई नै ध्वस्त पार्ने भए ।”

यसरस् समाजिक संजालमा तथा ७ नम्बर प्रदेशभरी यसको आलोचना भइरहेको छ ।

फोटो: दिनेशखबर डट कम

  • २४ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !