नर्सिङ शिक्षाको शुल्क वृद्धीको तयारीः आर्थिक चलखेल

आजभोलि

निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ ।

नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको हो ।
सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समितिले सिफारिस गरेको डेढ महिनासम्म प्रतिवेदन नबुझनुभएका मन्त्री पोखरेलले भर्ना खोले लगत्तै प्रतिवेदन बुझेर शुल्क वृद्धी गर्न लाग्नुभएको हो ।
शिक्षा विभागका निर्देशक दीपक शर्माको संयोजकत्वमा गत बैशाखमा गठित समितिले जेठमा प्रतिवेदन तयार गरेको थियो ।

समितिले पटक पटक आग्रह गर्दा समेत समय नभएको भन्दै वेवास्ता गर्नुभएका मन्त्री पोखरेलले भर्ना खुले लगतै असार १९ गते प्रतिवेदन बुझ्नुभएको थियो । नौ सदस्यीय समितिमा रहेका अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघले विद्यार्थीलाई थप भार पर्ने जनाउदै नोट अफ डिसेन्ट लेखेका थिए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

  • २५ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !