अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूत जावेदबीच शिष्टचार भेटघाट

आजभोलि

काठमाडौं, २५ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदसँग शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताउनुभएको थियो ।

तिमिल्सिनाले नेपाल र पाकिस्तान लामो संक्रमणपछि शान्ति र विकासमा अगाडि बढेकाले आगामी दिनमा दुई देशबीच सहकार्य व्यापार, पर्यटन, लगानीमा केन्द्रित गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

आगामी जुलाई २५ गते पाकिस्तानमा हुन गइरहेको आम निर्वाचनको शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएको प्रतिनिधि नै जनताको खास प्रतिनिधि हो । नेपालमा पनि भर्खर निर्वाचन सम्पन्न भएर नयाँ प्रतिनिधि चुनिएका छन् ।

पाकिस्तानमा पनि आम निर्वाचनबाट सोहीअनुसार प्रतिनिधि छनौट हुनेछन् । जसले गर्दा दुई देशबीचको सहकार्य थप मजबुद बन्नेछ ।’ त्यसैगरी अध्यक्ष तिमिल्सिनाले पाकिस्तानले क्षेत्रीय संगठनमा खेलेको भूकिका, आतंकबादविरुद्ध चलाएको अभियानको प्रशंसा गर्दै क्षेत्रीय समस्यामा संयुक्त रुपमा समधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

साथै उहाँले जनस्तरको सम्बन्धलाई मजबूद बनाउनका लागि पाकिस्तानले संस्कृति, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो । ‘हाम्रो जनस्तरको सम्बन्ध मजबूद छ ।

यसलाई अझ विस्तार गर्न खेलकूद लगायतका क्षेत्रमा पनि सहकार्य जरुरी छ,’ उहाँले भन्नुभयो, ‘पाकिस्तान क्रिकेट खेलमा अगाडि छ । जसमा नेपाली खेलाडीलाई पनि अवसर दिनेछ भन्ने अपेक्षा छ ।’

भेटमा पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताउनुभयो । उहाँले पाकिस्तान आतंकबादलाई नियन्त्रण गर्दै देशको विकासमा केन्द्रित भएको जानकारी गराउनुभयो ।

‘हामी मित्र राष्ट्रसँगको सहकार्यमार्फत विकास र समृद्धिमा केन्द्रित भएका छौं,’ उहाँले भन्नुभयो, ‘नेपालमा पनि सरकार र जनस्तरको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो सहकार्यलाई अझ मजबुद बनाउन चाहन्छौ ।’

भेटका क्रममा राजदूत जावेदले अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमण गरी दुई देशको संसदबीचको सम्बन्ध पनि सुमधुर बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।

  • २५ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !