टिकट वितरणमा कमजोरी भएको देउवाद्वारा स्वीकारः पार्टी पुरानै अवस्थामा फर्काउने दाबी

आजभोलि

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाएर लैजाने बताएका छन् । उनले पुरानै अवस्थामा फर्काउने दाबी समेत गरे । र सबै नेता तथा कार्यकर्तालाई पार्टीलाई बलियो बनाउन आग्रह समेत गरे ।

वाम गठबन्धन र पार्टीभित्रको अन्तर्घात निर्वाचनमा पार्टी पराजयको प्रमुख कारण रहेको उल्लेख गर्दै सभापति देउवाले भने “निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि ।” टिकट वितरणमा केही कमजोरी भएको स्वीकारे । र, पार्टी भित्र दुश्मन देखेर अन्तर्घात गर्ने प्रवृत्तिलाई रोक्न प्रभावकारी कदम चाल्ने पनि दाबी गरे ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिलेसम्म काँग्रेसको विकल्प नभएको र आगामी दिनमा आउन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गरे ।

काँग्रेसमा स्थापनाकालदेखि नै गुट रहेको प्रसंग उल्लेख गर्दै उनले भने “गुटलाई व्यवस्थापन गर्नुपर्छ ।” पार्टीमा निष्पक्ष न्याय र मूल्यांकनको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले पार्टीमा सुधारका लागि आत्मचिन्तन आवश्यक रहेको बताए ।

कार्यक्रममा काँग्रेस नेता विजयकुमार गच्छदारले गुट उपगुटयुक्त काँग्रेसले मुलुकको वर्तमान चुनौतीको सामना गर्न नसक्ने उल्लेख गर्दै सबै एकढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर ।

गच्छदारले आफ्नो पार्टीबाट आएका कार्यकर्ताको उचित व्यवस्थापन गर्न समेत आग्रह गरे ।

  • २५ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !