‘काठमाडौका नेतालाई मार्सी धानको चामल कति चाहिन्छ हामी पठाइदिन्छौ। तर मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोला।’

आजभोलि

‘काठमाडौका नेतालाई मार्सी धानको चामल कति चाहिन्छ हामी पठाइदिन्छौ। तर मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोला।’

काठमाडौं कार्णालीका जनताले मार्सी चामलसँग मेडिकल कलेज नसाट्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको नेपाली काँग्रेस सांसद प्रकाश रसाइली स्नेहीले बताएका छन् आज संसदमा बोल्ने क्रममा उनले यस्तो बताएका हुने

नेपाली कांग्रेसले उनलाई जुम्लामा पुगेर अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न पठाएको थियो

डा. केसीलाई भेटेर फर्केका सांसद रसाइलीले आफैलाई कर्णालीका जनता नागरिक समाजका अगुवाले उक्त कुरा आग्रह गरेको प्रतिनिधि सभाको बैठकमा बताए।

कर्णालीबासीको भनाई उद्धृत गर्दै रसाइलीले भने, ‘काठमाडौका नेतालाई मार्सी धानको चामल कति चाहिन्छ हामी पठाइदिन्छौ। तर मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोला।

संसदमा सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिंदै रसाइलीले भने, ‘प्रधानमन्त्री जी तपाईहरू विरामी भए एअर एम्बुलेन्स तयार हुन्छ, तर कर्णाली दुर्गम भेगका हामी नेपाली जनता उपचार नपाएर मर्नुपरेको अवस्था छ।
सादगी व्यक्तित्व डा. गोविन्द केसीले उठाएका माग जायज छन्, तिनलाई सम्बोधन गरौं, व्यापार गर्ने कम्पनीको पछि नलागौंरसाइलीले भने।

  • २५ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !