स्कटल्याण्डमा छायांकन गरिएकोगायक पन्चकोटीको “कोमल तिम्रो” गीत सार्वजनिक 

आजभोलि

विदेशमा रहेर पनि नेपाली गीतसंगीतमा तल्लिन गायक, संगीतकार नभकृश  पन्चकोटीको पछिलो एल्बममहक” (२०१८)को  चर्चित गीतकोमल तिम्रोको म्युजिक भिडियो  युट्यूब  मार्फत सार्बजनिक भएको भएको छ।  गायक नभकृश पन्चकोटीको शब्द स्वर रहेको  गीतको संगीत चर्चित संगीतकार हरि लम्सालले  गरेका छन् भने एरेञ्ज महाराज थापाको रहेको छ।

म्युजिक भिडियोमा  स्कटल्याण्डको मनोरम दृश्यमा कलाकारहरु लियो ट्यांक पुजा  पन्चकोटीको रोमान्स  ( प्रेमभाव  युक्त अभिनय ) रहेको छ। नेपाल  बेलायतबाट निर्मित  धेरै म्युजिक भिडियोहरुमा  खेलिसकेका  कलाकारहरु  लियो ट्यांक पुजा पन्चकोटीको यस म्युजिक भिडियोमा निकै राम्रो जोडी देखिएको

कोरियोग्राफीमा निकै अब्बल मोहन कार्कीले यस म्युजिक भिडियोमा कोरियोग्राफी गरेका छन्। नृत्य विधामा दुई दशक भन्दा बढी अनुभवी   कार्कीले  नेपालमा रहँदा नायक दिलिप रायमाझीसंग नृत्यमा लामो सहकार्य गरेका थिए।  रो प्रोडक्सन युकेले निर्माण गरेको उक्त म्युजिक भिडियो को निर्देशन दिपेश रेग्मीको रहेको

रो प्रोडक्सन युकेले हालै निर्माण गरेको  भारतीय गायिका संजीवनी नारायण धितालको म्युजिक भिडियोअंगालोमा बाँधीनेपाली टिभी हरु  सामाजिक संजालहरुमा निकै चर्चित रहेको छ।  

२०४३ सालमा रेडियो नेपालमा स्वर परिक्षण  गरेर गायन क्षेत्रमा   साधनारत  गायक नभकृश पन्चकोटीको  १९९८ माफलिंग इन लभ “. २००६ माक्रियशन ” , २००९ मागीती  एल्बम निस्किसकेको भने २०१८ मामहक  ” गीती  एल्बम निस्कने तयारीमा रहेको छ।  २०४५ मा म्युजिक नेपालमा रेकर्ड गरिएको गायक पन्चकोटीको   ” मायालु   मेरी मायालुगीत  ( शब्द सुशील देवकोटा , संगीत सुशील    बिश्वकर्मा ) निकै नै चर्चित रहेको थियो।

  • २५ असार २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !