शत्रु गते यूएईमा प्रर्दशनी हुँदै

आजभोलि

शत्रु गते यूएईमा प्रर्दशनी हुँदै

रमेश खड्का काशी। सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र हलमा व्यावसायिक रुपमा उधुम मच्याउन सफल चलचित्र ‘शत्रुू गते’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भएको हो ।

नेपालमा दर्शकले मन पराएको चलचित्र ‘शत्रु गते’ पछिल्लो समय संयुक्त अरब ईमिरेट्सका दर्शकको सबै भन्दा धेरै माग भएको चलचित्र हो । नेपाली चलचित्र मध्ये उच्च कमाइ गर्ने मध्येको  युएईका बिभिन्न शहरका १५ सिनेमा हलमा लाग्ने भएको छ ।

चलचित्र १२ जुलाईमा युएईको दुबई , अबुधाबी, अजमान, रसअलखेमा, फुजेराहलगायत ठाउँका बिभिन्न सिनेमा हलमा प्रदर्शन हुनेछ ।

नेपाली चलचित्र शत्रु गते युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा देश बाहिर नियमित प्रदर्शन हुने बाताबरण बनाइएको कम्पनीका युएई प्रतिनिधि रमेश ढकालले बताए ।

‘शत्रुू गते’ को मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

प्रदीप भट्टराई निर्देशित चलचित्र मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

चलचित्र मा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । नेपाल लगाएत बिदेशमा समेत सफल पर्दशनी भई सकेको यस चलचित्र यस बर्ष सर्वाधिक कमाई गर्ने दोश्रो ठुलो नेपाली चलचित्र हो ।

युएईमा गत २०१६ अक्टोबर १४ तारिक देखि नेपाली चलचित्र नियमित प्रदर्शन सुरु भएको थियो । बिरबिक्रम , छक्कपन्जा ,जात्रा , लुट २ , सकुन्तला लगाएतका नेपाली चलचित्र पर्दशनी भए पछि बिभिन्न कारणले युएईमा नेपाली चलचित्र पर्दशनी स्थगित भएको थियो । पुन नियमित चलचित्र पर्दशनीको लागि सम्पूर्ण तयारि सकिएको युएईमा नेपाली चलचित्र पर्दशनीको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए ।

मध्यपूर्वमा नेपाली चलचित्र पर्दशनी संगै नेपालमा रहेका नेपाली माझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रिय स्तरमा फैलाउन मद्त पुगेको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले बताएको छ । देश बाहिर नेपालीको धेरै संख्या खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला, सांस्कृति र साहित्यतर्फ चासो बढी राख्ने गर्छन । युएईपछि कतार, बहराइन, ओमन लगाएतका देशमा पनि आफ्नो संस्था कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले जनाए ।

चलचित्र शत्रुू गतेको खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई ५ तारिक देखि पर्दशनी तयारि गरेर प्रचारप्रसार गरिरको भए पनि बिबिध कारणले तयारी नसकिएकाले पर्दशनी मिति परिबर्तन गरेर जुलाई १२ तारिक बनाइएको कम्पनीका प्रतिनिधि रमेश ढकालले बताएका छन ।

  • २६ असार २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !