काठमाडौं । नेकपाका सांसद नरबाहदुर धामीले २०७५ असार २५ गते गोविन्द केसीको बारेमा असभ्य तरिकाले सांसद्मा आरोप लगाएका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले डा. गोविन्द केसीको बारेमा राखेको विशेष सार्वजनिक महत्वको विषयमा बोल्दै उनले डा.केसीको अनशसनलाई नौटंकीको संज्ञा दिएका छन् ।
नेपाल सरकारको कर्मचारी आफ्नो खुशी, रहरले अनशसनमा बसेका कर्मचारीको विषयमा राखिएको सार्वजनिक महत्वको विषय नै खेदजनक रहेको बताए ।
उनले डा. केसी नेपाल सरकारको कर्मचारी भएकाले आफू खुशी रहरले जुम्ला गएर अनसन बसेको बताए । उनलाई सरकारले जनताको सेवा गर भनेर खटाएको हैन् ।
नले प्रतिप्रश्न गरे को हुन यी गोविन्द केसी ? किन यति ठूलो महत्वको विषय बनाउनु परयो ? यस्तो विषयमा ल्याएको प्रस्ताव खेदजनक रहेको बताए ।
राज्यको नियम उल्लंघन गर्ने, कानुन नमान्ने डा. केसी रहरले बसेको छ । यस्तालाई बडारेर रद्दीको टोकरी थनक्याउनु पर्ने बताए ।
उनले सांसद दिलेन्द्र बडुले बरु दार्चुलामा मेडिकलको बारेमा प्रस्ताव राखेको भए हुने । यो सार्वजनिक महत्वको प्रस्ताव नभएको बताए ।
उनले गोविन्द केसीको बारेमा गम्भिर आरोप लगाए । उनले सांसदमा अशोभनीय तथा तल्लोस्तारको भाषा बोलेका थिए । धामी कञ्चनपुरबाट निर्वाचित सांसद हुन् ।