नेपाली अंग्रेजी भाषाका गुलाम बन्दै

आजभोलि

लेखकः योगेश कुमार खपांगी

नेपालले ठूलो लगानी गरेर पत्रकार, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल, कलाकार, विद्वान तथा सक्षम नागरिक बनाउँछ । अनी जब उसले देशका लागि खास काम गर्नुपर्ने दिने आउँछ, त्यसबेला डिभी भरेर, भिजिट भिषामा वा अन्य बिभिन्न तिकडम गरेर बिदेश पलायन हुन्छन् । यसरी राज्यले उनीहरु माथि गरिएको लगानी खेर खेर जान्छ । होइन र ?

अचेल नेपाली ब्रेनपावर (सक्षम नागरिक) नेपालमा बसेर केही गर्नुभन्दा बनिबनाउ ठाउँमा नै जान सजिलो मान्न थाले । अनी विदेश गएर भन्छन्, यो देश सतीले सरापेको देश हो । कहिले उँभो लाग्दैन । सतीले सरापेको भन्ने कुरा फगत एक अन्धबिश्वास हो । तापनी त्यसो भन्नेहरुका कारण आफ्नै देशमा बसेर केही गर्छु भन्नेहरुको समेत मनोबल गिरिरहेको छ ।

विशेष गरी युवामा चौतर्फी निराशा बढ्दो छ् । यसो हुनुमा बिभिन्न कारणहरु छन् । तर त्यस मध्ये मुख कारण अंग्रेजी भाषाको अनावश्यक बढ्दो प्रभाव पनि हो । हेर्दाहेर्दै यो देश यतीसम्म अंग्रेजीको गुलाम भइसक्यो कि, कसैले बिशुद्ध नेपालीमा बोल्यो भने गिज्याइन्छ । हाँसोको पात्र बनाइन्छ । उदाहरणको रुपमा श्रम मन्त्री गोकर्ण बिष्टको राम्रो अंग्रेजी नभएकाले सामाजिक सञ्जालमा खिल्लीउडाइएको छ ।

कतिपय ठूला भनौदा बोर्डिङ्ग स्कुलहरुमा अंग्रेजी भाषा बाहेक आफ्नो मातृ भाषा बोल्यो भने छडी बर्षाइन्छ ।

टुटेफुटे भए पनि कसैले अंग्रेजी छाँट्यो भने मात्र यहाँका मान्छेले उस्लाई गतिलो मान्छे भन्छन् ।

जापान, कोरिया, चीनका ब्रेनपावरुहरु अमेरिका, युके, युरोप नजानुको पछाडि उनीहरुको अंग्रेजी भाषामा दख्खल पर्याप्त नभएर पनि हो । जसले गर्दा उनीहरुमा देश प्रेम उत्तिक्कै छ । उत्तिकै बिकास पनि भइरहेको नै छ । तर अंग्रेजी भाषाले नेपालीजनको पश्चिमाहरुसंग अनावश्यक लसपस बढी भयो । परिणम स्वरुप कल्चर र लाइफस्टायलको बढी नै धमास हुनथाल्यो ।

भारतमा अंग्रेजी बोल्नु बाध्यता हो । पहिलो कुरा त अंग्रेजका गुलाम थिए । गुलामले मालिकले बोल्ने भाषा मनपराउनु स्वभाविक हो । अनी अर्को कुरा हिन्दी नबुझ्नेको जनसंख्या अत्याधिक छ । प्रान्तै पिच्छे फरक भाषा, फरक रहनसहन छ । त्यसैले उनीहरुको संचारको साझा भाषा अंग्रेजी हुनु वाध्यकारी कुरा पनि हो । तर नेपाल त अंग्रेजको प्रत्यक्ष गुलाम कहिले पनि थिएन । हामीले किन भाषिक गुलाम बन्नुपर्ने ?

निचोडमा भन्नु पर्दा नेपालमा अब अंग्रेजी पढाउन निषेध गर्नुपर्छ । अंग्रेजीमा भएका विश्वप्रसिद्ध साहित्य वा प्राविधिक बिषयहरु पनि नेपालीमा उल्था गर्नुपर्छ । नत्र अंग्रेजी भाषाका कारण हामी एक दिन घर न घाटका हुनेछौं । पक्का !!!

  • २७ असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !