नेविसंघमा लफडै लफडा, कुन्दन समूहद्वारा महाधिवेशन घोषणाः अध्यक्ष नैनसिंह चिट्ठी बाँड्दैमा ब्यस्त !

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीमा विवाद, लफडा तथा समानान्तर कमिटि सामान्य बनेको छ । विगतमा पनि विभिन्न विवाद भए पनि अध्यक्षमा नैनसिंह महर आएपछि झन चुलीएको छ । सामानान्तर भेला, कमिटि तथा नियुक्ति दिदै आएका महामन्त्री कुन्दनराज काफ्ले समूहले पछिल्लो पटक १२ औ महाधिवेशनको मिति तय गरेको छ । महाधिवेशन साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा हुने जनाएको छ ।

घोषणा कार्यक्रममा अध्यक्ष महर तथा उर्मिला थपलिया समूहको उपस्थिति रहेको थिएन । पछिल्लो समयमा उपाध्यक्ष द्वय उर्मिला थपलिया तथा निलकण्ठ रिजालको अर्को समूह बनेको जनाइएको छ । र, उनीहरुले जारी गरिएको वक्तव्यमा पनि हस्ताक्षर छैन् ।

उनीहरुले उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बैठक बसी उक्त निर्णय गरेको नेविसंघका नेता नारायण हमालले जानकारी दिएका छन् । बैठकले उपाध्यक्ष अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । र, नियमावली समितिले ५ दिनभित्र नियमावली तयार पार्ने जानकारी दिएको छ ।
उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ भने उपाध्यक्ष नविन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।

अध्यक्ष नैन सिंह महर भने आफू नजिकका कार्यकर्तालाई नियुक्ति दिदैमा ब्यस्त रहेको उनी निकट विद्यार्थी नेताले आरोप लगाएका छन् । नेविसंघ भित्र चुलिएको विवादलाई समाधान गर्नु भन्दा पनि आफ्नो मनमर्जी गर्दै हिडिरहेको काफ्ले पक्षले आरोप लगाएको छ ।

महरले सबै नियुक्ति आफू खुशी दिएको श्रोतले दाबी गरेको छ । जसको कारण संस्थालाई बदनाम बनाउने कार्य भएको छ । यसले समग्र संस्था नै कमजोर भएको नेविसंघ श्रोतले जनाएको छ ।

  • २७ असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !