‘अभागी’ इङ्ल्यान्ड सेमिफाइनलबाटै बाहिरियोः क्रोएसिया पहिलो पटक फाइनलमा

आजभोलि

काठमाडौं । हिजो भएको सेमिफाइनलको अन्तिम खेलमा इङ्ल्याण्ड बाहिरिएको हो । क्रोएसियासँग २-१ ले पराजित भएपछि बाहिरिएको हो । क्रोएसिया फाइनलमा प्रवेश गरेको छ । निकै शसक्त प्रर्दशनी गरेको इङ्ल्याण्डले आफ्ना फ्यानहरुलाई निरासा बनाएको छ ।

क्रोएिसयासँग स्तब्ध बनेको १९६६ को विश्वविजेता इङ्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको ५ औं मिनेटमा किरन ट्रिप्परले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा क्रोएसिया १–० ले पछि परेको थियो । दोस्रो हाफको ६८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

९० मिनटसम्म पनि १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९ औं मिनेटमा मारियो मान्जुकिकले क्रोएसियाको जितका लागि निर्णायक गोल गरेपछि क्रोएसिया इतिहास रच्न सफल भयो ।

पहिलो पटक सन १९९८ को फ्रान्स विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो पटक नै तेस्रो स्थान हासिल गरी तहल्का मच्चाएको थियो । रूस विश्वकप क्रोएसियाका लागि पाचौ सहभागिता हो ।

फ्रान्स मंगलबारको खेलमा बेल्जियमलाई पराजित गरी फाइलन प्रवेश गरेको हो । क्रोएसियाले उपाधिका लागि आइतबार सन १९९८ को विश्वविजेता फ्रान्सको समना गर्नेछ ।

  • २८ असार २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !