काठमाडौं । हिजो रातीदेखिको अबिरल बर्षाले काठमाडौं, भक्तपुर तथा बनेपा डुबनामा परेको छ । विशेष गरि भक्तपुरको थिमी, राधेराधे, काठमाडौंक डल्लु र काभ्रेको बनेपा डुबानमा परेको छ । नेपाली सेनाले विहानैदेखि क्रेन तथा डुगा मार्फता उद्धार कार्यजारी राखेका छन् । भक्तपुर तथा का्रभेका भूकम्पपीडितको शिविर पनि डुबनमा परेको स्थानीय प्रशासनले जानकारी दिउकोछ । घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासीले बताएका छन् ।
चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको र स्थामध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।
यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ ।
नेपाली सेनाले बाढीमा फसेका वा डुबानमा रहेकाहरुको उद्धार कार्य तिब्र पारको छ । तर पाि नेपाली सेना सबै स्थानमा पुग्न नसकेको पीडितले् बताएका छन् ।