लोकतन्त्रमा जनतासँग सरकार डराउँछ, तनाशाहीमा सरकारसँग जनता डराउँछ

आजभोलि

केही दिनअघि समाचारमा आयो, संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन एयरपोर्टबाट फर्काएर ल्याइयो

आफू फर्काएर ल्याएको अपमान बोधमा उनले मानवअधिकार आयोगमा एउटा निवेदन दिएका छन् त्यस निवेदनमा अरु केही लेखेका छैन, मेरो अपमान भयो मात्र लेखेका छन्

कुनै मुद्दा , कुनै कुनै आरोप तिमीलाई प्रधानमन्त्रीले खोज्नुभयो भनेको , एउटा डीएसपीले लिएर आएको , उनी प्रधानमन्त्रीकहाँ प्रतिक्षारत छन् एकदम साधारण कुरा हो यो समाचारका लायक कुरा पनि छैन आयोगले पनि यसमा धेरै गर्ला भन्ने छैन तर, साधारण कुराका पछाडि गमेर हेर्नुभयो भने लोकतन्त्रको परिभाषा अन्तरनिहित

लोकतन्त्र एउटा त्यस्तो व्यवस्था हो, जुन व्यवस्थामा जनतासँग सरकार डराउँछ तनाशाही एउटा यस्तो व्यवस्था हो, जहाँ सरकारसँग जनता डराउँछ दोहोर्‍याएर भन्न चाहन्छु, त्यस गिरफ्तारीले केही गरेन कतै उड्न आँटेको एउटा साधारण नागरिक, जो उपकुलपति पनि थिए, उनलाई प्रधानमन्त्रीले बोलाएको भनेर ल्याइयो अरु केही गरिएन एकछिन राखियो, अनि छाडियो यो के हो ?

आजभन्दा दिनअघि यहाँ गोविन्द केसीबारे छलफल भइरहेको थियो बाहिर निस्कँदै थिएँ, एकजना वर्तमान सरकारका वरिष्ठ मन्त्री, हिजोको नेकपा माओवादीका मित्रले भन्नुभयो, ओहो आज संसदमा कस्तो राम्रो दृश्य देखियो साँच्चै दुईतिरको दृष्टिकोण देखियो

गोविन्द केसीबारे धेरै भन्न चाहन्नँ गोविन्द केसीले उठाएका सारा सवाल जायज हुँदाहुँदै पनि मैले भन्ने मौका पाउँदा भन्ने एउटा कुरा तर, त्यसदिन संसद विभाजित देखियो कुनै सदस्य बोल्न उठ्ने वित्तिकै थाहा हुन्थ्यो, के बोल्छ यो संसद पार्टीको हृवीपअनुसार गोविन्द केसीको पक्षमा विपक्षमा बाँडिएको देखियो

यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो कुलप्रसाद कोइराला जस्तो साधारण नागरिकलाई ताकततुजुक देखाउने बेला होइन

दुईवटा कुरा भन्न चाहन्छु

एउटा, संसदका सदस्यहरु पार्टीको सदस्य मात्र होइनौं, सिंगो जनताको विश्वास जितेर आएका छौं हामी त्यो क्षेत्रको मात्र होइनौं, सिंगो देशको सांसद हौं विचार गर्नुपर्ने कुरा के भने कुलप्रसाद कोइरालाको समस्या, एउटा नागरिकको अपमानको समस्या, अकारण उपकुलपतिलाई बेइजत गरेको समस्या मैले माथि उठाएको प्रश्नको जवाफ हो सरकार जनतासँग डराउँछ वा जनता सरकारसँग डराउँछ ? कुनै उद्देश्य थिएन त्यसको

कुनै जमानामा अध्यक्ष प्रचण्डले पशुपतिलाई स्पर्श गर्दा उद्देश्य थियो होला, पुजारी बदल्दा उद्देश्य थियो होला यो मात्र जनतालाई तर्साउने कुरामा सीमित तर, जनता तर्सिँदैनन् अहिले तर्साइहाल्ने बेला पनि सम्माननीय, आदरणीय प्रधानमन्त्रीजीको छैन

लामो समयसम्म जेल बस्नुभएको, संघर्ष गर्नुभएको, उहाँसँग मेरो पहिलो भेट ०२६/२७ भद्रगोल जेलमा भएको उहाँले बिर्सनुभएको होला तर, मैले बिर्सिएको छैन उहाँले के बुझ्नुपर्छ भने उहाँ आज दक्षिण एसियाकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ

दुनियाँले उहाँलाई हेर्दैछ, कांग्रेस पराजित , कांग्रेसले दृष्टता गरे हुन्छ पराजयमा दृष्टता गर्नु भनेर हामीलाई संसदीय परम्पराले सिकाएको इन्डिफिट डिफाइनभनेर संसदीय व्यवस्थाका मर्मज्ञले भनेका छन्

तर, विजयमा गरिमा हुनुपर्छ

छातीमा हात राखेर भन्छु, प्रधानमन्त्री ओलीको निस्वार्थ निश्पक्ष मजस्तै शुभाकांक्षी यहाँ छैन यो प्रधानमन्त्री ओलीलाई पनि याद होला तर, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो कुलप्रसाद कोइराला जस्तो साधारण नागरिकलाई ताकततुजुक देखाउने बेला होइन

कानुनले अन्यथा नभनेसम्म एउटा व्यक्तिको अधिकार प्रजातन्त्रमा प्रधानमन्त्रीको सरह हुन्छ

अब यदि प्रधानमन्त्रीले कुनै कारणबस उहाँको स्वास्थ्य ठीक नभएका कारणले कार्य व्यस्तताका कारणले अन्य कारणले उहाँको अन्जानमा यो घटना घट्न गएको भने कमसेकम सम्वन्धित व्यक्तिलाई फोन गरेर मलाई दुःख लागेको , अफसोच भन्नुपर्छ होइन भने यो सदन सदनका प्रत्येक सदस्यले यो कुरा बुझ्नुपर्छ बुढी मरी भन्ने पीर होइन, बाघ पल्कियो भन्ने पीर हो

अकारण एउटा मानिसलाई फर्काएर ल्याएर प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, तपाई जानुस् भन्न पाइन्न उनलाई कुनै आरोप दिइएको छैन प्रशासनिक काममा बाधा गरेको छैन

गुटबन्दी , हिजो हामीले विश्वविद्यालय चलाउँदा कसरी बाँडेका थियौं थाहा हामीले कलेज बाँडेनौं कि विश्वविद्यालय बाँडेनौं कि तपाईहरु सबै मन्त्री हुनुहुन्छ त्यहाँ गुटबन्दी पनि होला माले पनि होलान्, एमाले पनि होलान्, कांग्रेस पनि होलान् नेकपाका मान्छे पनि होलान् यदि तिनको बहकाबमा लाग्नु भएको हो भने यो उचित छैन

यहाँ भन्दैछु, व्यक्तिगत इज्जत, स्वतन्त्रता गरिमाको कुरा गर्दैछु कानुनले अन्यथा नभनेसम्म एउटा व्यक्तिको अधिकार प्रजातन्त्रमा प्रधानमन्त्रीको सरह हुन्छ एक व्यक्तिको भोटले सांसद विजयी हुन्छ संसदमा एक भोटले प्रधानमन्त्रीको विजय हुन्छ

  • २८ असार २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !