प्रधानमन्त्रीद्वारा चीनलाई भद्र र रुपसी जोडी गैंडा हस्तान्तरण

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भन्नुभयो “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।”

चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहिबार सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपाहारले थप मजवुद बनाएको बताउनुभएको छ । भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्व देखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताउनुभएको छ । साइवेरिया देखि श्रीलंकासम्मका चरा नेपालमा प्रजन्का लागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

दुई वर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।

  • २९ असार २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !