जापानमा मृत्यु हुनेको संख्या १ सय ९९ पुग्योः वर्षा अझै जारी

आजभोलि

जापानमा मृत्यु हुनेको संख्या १ सय ९९ पुग्योः वर्षा अझै जारी

टोकियो । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ ।
जापान सरकारका प्रमुख प्रवक्ताले बुधबार सो जानारी दिनुभएको हो । बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ ।

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन् ।

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।

जापानी अधिकारीहरुले यहाँ गएको तीन दशकपछि पहिलो पटक यति ठूलो मात्रामा वर्षा भएको जनाएका छन् । ती अधिकारीहरुकाअनुसार मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताएका छन् ।

टोकियोको बाहिरी इलाकाहरुमा पनि अविरल मात्रामा वर्षा भएको छ । सो वर्षामा परी टोकियोमा नै कसैको ज्यान नगएको भए पनि पहिलेका तुलनामा पानीको मात्रामा भने बृद्धि भएको बताइएको छ । ९राससरएएफपी०

  • २९ असार २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !