महरसँग सभापति देउवा असन्तुष्टः नेविसंघ विगठन हुँदै

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ भित्र विवादले पार्टी नेतृत्वलाई समस्यामा पारेको छ । माहान्त्री कुन्दन काफ्लेको समूहले वाल्मिकीमा पत्रकार सम्मेलन गरी साउनमा महाधिवेशनको मिति घोषणा गरेपछि विवाद नयाँ मोड लिएको हो । यो विवादले नेविसंघ पार्टी नियन्त्रण भन्दा बाहिर गएको आरोप लागेको छ । र, पार्टीको गुटगत राजनीति नेविसंघमा पनि देखिएको छ ।

विवाद चुलिएपछि नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा नेविसंघ विगठन गर्ने तयारी गरिरहेको बुढानिलकण्ठ श्रोतले जानकारी दिएको छ । नैनसिंह महर ११ औं महाधिवेशनबाट निर्वाचित भएको दुई वर्ष पुग्न लागेको छ । तर उनले नयाँ महाधिवेशनको मिति तय गर्न सकेको छैन् । उनले पार्टी नेतृत्व भन्दा पनि आफू अनुकुल कार्य गरेकोले पार्टी नृतृत्व पक्ष उनी रुष्ट रहँदै आएको छ ।

महरसँग सभापति देउवा सहित उपाध्यक्ष विमेलेन्द्र निधी, महामन्त्री पूर्ण बहादुर खड्का, केन्द्रीय सदस्य एनपी साउद, ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँड, किशोर सिंह राठोर, लगायतका केन्द्रीय नेताहरु असन्तुष्ट रहेको पार्टी श्रोतले बताएको छ ।

अध्यक्ष महरले केन्द्रीय कमिटिको बैठक डाक्न नसकेको, विद्यार्थीलाई मिलाएर लान असक्षम भएको तथा पार्टीलाई अप्ठ्यारो पर्दा सहयोग नगरेको कारण पार्टी सभापति देउवा उनीसँग सन्तुष्ठ रहेको श्रोतको दाबी रहेको छ । नेविसंघलाई यथास्थितिमा राखे अझ समस्या हुने भएपछि विगठन गर्ने तयारी रहेको जनाइएको छ । देउवा आफू नजिकका पार्टीका पदाधिकारीसँग छलफलमा रहेको जनाइएको छ ।

महान्मत्री कुन्दन आफ्ले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहित महाधिवेशनको मिति तय गरेको दाबी लगत्तै अध्यक्ष महरले बहुमत आफूसँग रहेको दाबी गरेका छन् । महरले केन्द्रीय कमिटिमा बहुमत देखाउन चुनौति समेत दिएका छन् ।

विगत दुई महिनादेखि अध्यक्ष महर र महामन्त्री काफ्लेबीच विवाद चुलिदै गएको छ । अध्यक्षले आफू अनुकुल पदाधिकारी तथा सदस्य नियुक्ति गरेपछि विवाद बढ्दै गएको हो । महामन्त्री काफ्लले भने आफूसित कुनै सल्लाह नै नगरी अघि बढेकोले आफूले यो कदम चालेको बताए ।

  • २९ असार २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !